भिजिट भिसामा जाने नेपालीले खर्च र खानेबस्ने विवरण अनिवार्य खुलाउनु पर्ने « Khabarhub

भिजिट भिसामा जाने नेपालीले खर्च र खानेबस्ने विवरण अनिवार्य खुलाउनु पर्ने


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालबाट विभिन्न देश घुम्न जाने नेपाली नागरिकले सम्बन्धित देश बस्दा लाग्ने खर्च र अन्य विवरण अनिवार्य खुलाउनुपर्ने भएको छ ।

पर्यटक भिसामा जाने नेपाली नागरिकले पासपोर्ट, भिसा, दुईतर्फी टिकट, गन्तव्यसम्म बोर्डिङ पास, स्पोन्सरले पठाएको चिट्ठी अथवा एक हजार अमेरिकी डलर बराबर रकम र गन्तव्य देशमा बस्ने ठाउँको व्यवस्था गरेको प्रमाण देखाएपछि मात्र प्रस्थान अनुमति दिन गत कात्तिक २६ गतेको गृह मन्त्रीस्तरीय निर्णय भएको हो ।

पर्यटक भिसामा खाडीका देश, मलेसिया, इराक, सिरिया, अफगानिस्तान लगायतका देशमा जाने महिलाको हकमा भने विशेष व्यवस्था गरेको छ ।

भिजिट भिसामा यूएई, साउदी अरब, कुवेत, कतार, ओमान, बहराइन र मलेसिया जान पासपोर्ट, भिसा, दुईतर्फी टिकट, गन्तव्यसम्म बोर्डिङ पास, स्पोन्सरले पठाएको चिट्ठी अथवा एक हजार अमेरिकी डलर बराबर रकम र गन्तव्य देशमा बस्ने ठाउँको पनि व्यवस्था गरेको कागजात अनिवार्य देखाउन अध्यागमन विभागले सूचना जारी गरेको छ ।

सूचनामा ९० दिनसम्म बस्दाको अवस्था पनि खुलाउन भनिएको छ ।

अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा, युरोपियन देश र दक्षिण कोरिया जानका लागि पासपोर्ट, भिसा, दुईतर्फी टिकट, अन्तिम गन्तव्यसम्मको बोर्डिङ पास, स्पोन्सर लेटर तथा एक हजार अमेरिकी डलर र होटल बुकिङ भएको प्रमाण देखाएमात्र प्रस्थान अनुमति दिने अध्यागमनको सूचनामा भनिएको छ ।

सम्पूर्ण कागजात पेश गर्ने नागरिकलाई अध्यागमनमा दु:ख नदिन र नरोक्न विभागको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  २ : १४ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने