भिजिट भिसामा जाने नेपालीले खर्च र खानेबस्ने विवरण अनिवार्य खुलाउनु पर्ने « Khabarhub

भिजिट भिसामा जाने नेपालीले खर्च र खानेबस्ने विवरण अनिवार्य खुलाउनु पर्ने


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालबाट विभिन्न देश घुम्न जाने नेपाली नागरिकले सम्बन्धित देश बस्दा लाग्ने खर्च र अन्य विवरण अनिवार्य खुलाउनुपर्ने भएको छ ।

पर्यटक भिसामा जाने नेपाली नागरिकले पासपोर्ट, भिसा, दुईतर्फी टिकट, गन्तव्यसम्म बोर्डिङ पास, स्पोन्सरले पठाएको चिट्ठी अथवा एक हजार अमेरिकी डलर बराबर रकम र गन्तव्य देशमा बस्ने ठाउँको व्यवस्था गरेको प्रमाण देखाएपछि मात्र प्रस्थान अनुमति दिन गत कात्तिक २६ गतेको गृह मन्त्रीस्तरीय निर्णय भएको हो ।

पर्यटक भिसामा खाडीका देश, मलेसिया, इराक, सिरिया, अफगानिस्तान लगायतका देशमा जाने महिलाको हकमा भने विशेष व्यवस्था गरेको छ ।

भिजिट भिसामा यूएई, साउदी अरब, कुवेत, कतार, ओमान, बहराइन र मलेसिया जान पासपोर्ट, भिसा, दुईतर्फी टिकट, गन्तव्यसम्म बोर्डिङ पास, स्पोन्सरले पठाएको चिट्ठी अथवा एक हजार अमेरिकी डलर बराबर रकम र गन्तव्य देशमा बस्ने ठाउँको पनि व्यवस्था गरेको कागजात अनिवार्य देखाउन अध्यागमन विभागले सूचना जारी गरेको छ ।

सूचनामा ९० दिनसम्म बस्दाको अवस्था पनि खुलाउन भनिएको छ ।

अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा, युरोपियन देश र दक्षिण कोरिया जानका लागि पासपोर्ट, भिसा, दुईतर्फी टिकट, अन्तिम गन्तव्यसम्मको बोर्डिङ पास, स्पोन्सर लेटर तथा एक हजार अमेरिकी डलर र होटल बुकिङ भएको प्रमाण देखाएमात्र प्रस्थान अनुमति दिने अध्यागमनको सूचनामा भनिएको छ ।

सम्पूर्ण कागजात पेश गर्ने नागरिकलाई अध्यागमनमा दु:ख नदिन र नरोक्न विभागको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  २ : १४ बजे

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर

टाइगर कप भलिबल : पुरुषतर्फ उपाधिका लागि आज गण्डकी र पर्वत भिड्ने

पोखरा– छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि