एक महिनामा साढे ५१ हजार युवा रोजगारीका लागि विदेशिए « Khabarhub

एक महिनामा साढे ५१ हजार युवा रोजगारीका लागि विदेशिए


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कार्त्तिक महिनामा ५१ हजार ५ सय जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

म्यानपावर कम्पनीमार्फत १८ हजार ४ सय ९०, व्यक्तिगत श्रमस्वीकृति १२ सय ४७, बैधानिकरण गरी १५ सय १७ र ३० हजार २० जनाले व्यक्तिगत पुन: श्रम स्वीकृति लिएको विभागको कात्तिक महिनाको विवरणमा उल्लेख छ ।

त्यस्तै गरी इपीएस अन्तर्गत दक्षिण कोरियाको लागि २ सय २३ पुरुष र ३ जना महिलाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।
गत भदौ महिनामा ३९ हजार ८ सय ४७ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए भने असोज महिनामा १९ हजार ४८२ जनाले मात्रै वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा छ । गत महिनामा वैदेशिक रोजगारीको खोजीमा नेपालीहरु ९२ देश पुगेका छन् ।

कात्तिक महिनामा साउदीका लागि १० हजार ७ सय ३३ जना, कतारका लागि ११ हजार २१ जना, कुवेतका लागि २५ सय ६१ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागको जनाएको छ ।

मलेसिया रोजगारी पूर्ण रुपमा खुलेसँगै प्रमुख गन्तव्य मुलुक फेरिएको छ । कात्तिक महिनामा मलेसिया रोजगारीमा जानका लागि ५ हजार ७ सय ७५ जनाले श्रम स्वीकृति लिएका छन् । मलेसियाका लागि म्यानपावर कम्पनीहरुले डिमाण्ड ल्याउन थालेसँगै मलेसिया जानेहरु तुलनात्मक रुपमा बढ्न थालेका छन् ।

यसैबीच, एसओएस म्यानपावर गत महिना सबैभन्दा धेरै कामदार विदेश पठाउने कम्पनीमा परेको छ । जसले
कात्तिकमा ५ सय ३८ जना कामदार विदेश पठाएको छ ।

यस्तै दोस्रोमा परेको अन्जली ओभरसिजले ४ सय ६ कामदार विदेश पठाएको छ । तेस्रो नम्बरमा परेको प्याराडाईज इन्टर्नेशनलले ४ सय १ र द रिभर ओभरसिजले ३ सय ४२ जनामात्रै विदेश पठाएको छ । गत आर्थिक वर्ष सबैभन्दा धेरै कामदार विदेश पठाउनेमा द रिभर ओभरसिज एक नम्बरमा रहेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  २ : ३९ बजे

कस्तो रहला आज रातिको मौसम ?

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न भू-भागमा

रसुवा बाढीका कारण १० प्रतिशत विद्युत् क्षमता प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना