एक महिनामा साढे ५१ हजार युवा रोजगारीका लागि विदेशिए « Khabarhub

एक महिनामा साढे ५१ हजार युवा रोजगारीका लागि विदेशिए


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कार्त्तिक महिनामा ५१ हजार ५ सय जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

म्यानपावर कम्पनीमार्फत १८ हजार ४ सय ९०, व्यक्तिगत श्रमस्वीकृति १२ सय ४७, बैधानिकरण गरी १५ सय १७ र ३० हजार २० जनाले व्यक्तिगत पुन: श्रम स्वीकृति लिएको विभागको कात्तिक महिनाको विवरणमा उल्लेख छ ।

त्यस्तै गरी इपीएस अन्तर्गत दक्षिण कोरियाको लागि २ सय २३ पुरुष र ३ जना महिलाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।
गत भदौ महिनामा ३९ हजार ८ सय ४७ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए भने असोज महिनामा १९ हजार ४८२ जनाले मात्रै वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा छ । गत महिनामा वैदेशिक रोजगारीको खोजीमा नेपालीहरु ९२ देश पुगेका छन् ।

कात्तिक महिनामा साउदीका लागि १० हजार ७ सय ३३ जना, कतारका लागि ११ हजार २१ जना, कुवेतका लागि २५ सय ६१ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागको जनाएको छ ।

मलेसिया रोजगारी पूर्ण रुपमा खुलेसँगै प्रमुख गन्तव्य मुलुक फेरिएको छ । कात्तिक महिनामा मलेसिया रोजगारीमा जानका लागि ५ हजार ७ सय ७५ जनाले श्रम स्वीकृति लिएका छन् । मलेसियाका लागि म्यानपावर कम्पनीहरुले डिमाण्ड ल्याउन थालेसँगै मलेसिया जानेहरु तुलनात्मक रुपमा बढ्न थालेका छन् ।

यसैबीच, एसओएस म्यानपावर गत महिना सबैभन्दा धेरै कामदार विदेश पठाउने कम्पनीमा परेको छ । जसले
कात्तिकमा ५ सय ३८ जना कामदार विदेश पठाएको छ ।

यस्तै दोस्रोमा परेको अन्जली ओभरसिजले ४ सय ६ कामदार विदेश पठाएको छ । तेस्रो नम्बरमा परेको प्याराडाईज इन्टर्नेशनलले ४ सय १ र द रिभर ओभरसिजले ३ सय ४२ जनामात्रै विदेश पठाएको छ । गत आर्थिक वर्ष सबैभन्दा धेरै कामदार विदेश पठाउनेमा द रिभर ओभरसिज एक नम्बरमा रहेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  २ : ३९ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै