अवैध गुटखा उत्पान गरी बिक्री गर्नेविरुद्ध ३६ करोड राजश्व छलिको मुद्दा « Khabarhub

अवैध गुटखा उत्पान गरी बिक्री गर्नेविरुद्ध ३६ करोड राजश्व छलिको मुद्दा


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध रुपमा गुटखा उत्पादन गरी नक्कली अन्तशुल्कको प्रयोग गरी राजश्व छलि गर्ने ६ जनाविरुद्ध ३६ करोड ५५ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता भएको छ ।

राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानबाट झापाको मेचीनगर नगरपालिका–१४ दर्ता ठेगाना भएको साकम्बरी प्रोडक्सले अवैध रुपमा गुटखा उत्पादन गर्ने गरेको भेटिएको हो ।

साकम्बरीले उत्पादन गरेको गुटखा माधव इन्टरप्राइजेज समेतको संलग्नतामा नक्कली अन्तशुल्क स्टिकर र भ्याट बिल समेत बनाइ बिक्री गर्ने गरेको भेटिएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

विभागले नक्कली गुटखा उत्पादन गर्ने साकम्बरीका प्रोपाइटर मुकेश शर्मा र सुपरभाइजर विष्णुप्रसाद खरेल, अवैध गुटखा बिक्री वितरण गर्ने एसएस इन्टरप्राइजेजका प्रोप्राइटर रामकृष्ण शर्मा तथा सुपरभाइजर सदन सिंह र अवैध गुटखा बिक्री वितरणका लागि नक्कली विजक र छाप उपलब्ध गराउने माधव इन्टरप्राइजेजका प्रोप्राइटर सिताराम शर्मा तथा सवारी धनी आशिष शर्माविरुद्ध झापा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

विभागका अनुसार उनीहरुले अन्तशुल्कतर्फ ३१ करोड ५ लाख ३९ हजार ९ सय ५९, भ्याटतर्फ २ करोड ७९ लाख ९८ हजार ५ सय ६९, आयकरतर्फ २ करोड ३८ लाख ८३ हजार स्वास्थ्य जोखिम करतर्फ ३१ लाख ४१ हजार ७ सय ९१ गरी कूल ३६ करोड ३५ लाख ६३ हजार ३ सय ३७ रुपैयाँ राजश्व छलि गरेका हुन् ।

विभागले उनीहरुविरुद्ध ३६ करोड ५५ लाख ६३ हजार ३ सय ३७ रुपैयाँ बिगो तथा बिगोको दोब्बरसम्म जरिवाना र्र ३ वर्ष कैद सजायको समेत मागदाबी गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  २ : ३७ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको