रणवीरको ‘बर्फी’ हेरेर भोलाराजलाई ‘चचहुई’ मा लिएका थिए निर्देशकले ? « Khabarhub

रणवीरको ‘बर्फी’ हेरेर भोलाराजलाई ‘चचहुई’ मा लिएका थिए निर्देशकले ?


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता रणवीर कपूरको साथी भएर अभिनय गरिसकेका छन् भोलाराज सापकोटाले । भोलाराजले अभिनय गरेको हिन्दी चलचित्र ‘बर्फी’ ले बलिउडमा मात्र होइन, नेपालमा पनि खुबै चर्चा कमायो ।

यो लभस्टोरी फिल्ममा भोलाराजले रणवीर कपूर उर्फ बर्फीको घनिष्ट साथीको भूमिका निभाएका छन् । यता प्रदर्शनका क्रममा रहेको फिल्म ‘चच हुई’ मा उनी आर्यन सिग्देलको घनिष्ट साथीका रुपमा देखिँदैछन् ।

भोला सुनाउँछन्, ‘यी दुवै फिल्ममा म मिल्ने साथीको भूमिमामा छु, बर्फीमा जस्तै यो फिल्ममा पनि म साथीकै समर्थनमा बोल्छु ।’

फिल्ममा साथीकै रुपमा देखिन लागे पनि भोलाले ‘चच हुई’ को चरित्र ‘बर्फी’ को चरित्रसँग नमिल्ने बताए । उनले यो फिल्मको पृष्ठभूमिले चरित्रलाई फरक बनाइदिएको समेत खुलाए ।

‘दुवै फिल्ममा काम गर्दा मजा आयो, उहाँ (छेउमा बसेका साम्तेन भुटिया) सँग पनि पहिलेदेखि कै चिनजान थियो, उहाँको कामबाट प्रभावित थिएँ, शूटिङका बेला रमाइलो भयो,’ भोलाराजल सम्झे ।

नजिकै बसेका निर्देशक साम्तेन भुटियाले पनि भोलाराजलाई ‘बर्फी’ हेरेदेखि नै उनको अभिनय मन पराएको प्रतिक्रिया दिए । उनले भने, ‘बर्फी हेरेपछि धेरैले भोलाराज दार्जिलिङकै हो भनिरहेका थिए, मैले पूरै दार्जिलिङ खोजेँ तर भेट्याउन सकिनँ ।’

पछि काठमाडौं आएपछि भोलाराजसँग भेट भएको र काम गर्ने अवसर जुरेको उनले सुनाए ।

यो फिल्ममा भोलाराजले आर्यन सिग्देलको साथीको भूमिका निभाएका छन् । कमेडी शैलीको यो फिल्ममा भोलाराज र आर्यनलाई कमेडी शैलीमा देख्न सकिन्छ । फिल्ममा मिरुना मगर, माओत्से गुरुङ लगायतको पनि अभिनय रहनेछ ।

‘चच हुई’ निर्देशक साम्तेनका लागि पनि फरक प्रयास हो । किनकि, यो फिल्मलाई साम्तेनले व्यावसायिक रुपमा सफल बनाउने ‘ट्राइ’ गरिरहेका छन् । यसअघि साम्तेनले निर्देशन गरेका ‘अनागत’, ‘तान्द्रो’ लगायतका फिल्म व्यावसायिक रुपमा असफल भए पनि चर्चा पाएका थिए ।

उनको निर्देशनमा बनेको फिल्म ‘सुस्केरा’ पुसमा रिलिज हुँदैछ । फिल्म ‘चच हुई’ भने मंसिर ६ देखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  २ : ४७ बजे

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा

संसदीय समितिमा रहेका विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह

सुदूरपश्चिम– नेपाली कांग्रेसले सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका