सागमा निर्वाध रुपमा फोटो र भिडियो खिच्न पाउनु पर्ने पत्रकारहरुको माग « Khabarhub

सागमा निर्वाध रुपमा फोटो र भिडियो खिच्न पाउनु पर्ने पत्रकारहरुको माग


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली मिडियाका फोटो पत्रकारहरुले खेल स्थलमा फोटो खिच्न पाउने भएका छन् ।

१३ औं संस्करणको आयोजना गर्ने क्रममा आइतबार दक्षिण एसिया ओलम्पिक काउन्सिलले तीन संस्थासँग फरक फरक सम्झौता गर्दै प्रशारण अधिकार भारतिय कम्पनीलाई बेचेको थियो ।

भारतको एनके मिडिया भेन्चर प्रालिसँग प्रशारण अधिकार सम्बन्धी सम्झौता गर्दा साग दौरान खेलस्थलमा फोटो पत्रकार र नेपाली च्यानलहरुका क्यामेरालाई प्रवेश निषेध गर्ने, फोटो तथा भिडियो खिच्न नदिनेलगायतका विषयले सम्झौता विवादास्पद बनेको थियो ।

त्यस सम्झौतामाथि नेपाल खेलकुद पत्रकार मञ्च र फोटो पत्रकारहरुको संगठन पिजे क्लबको गम्भिर ध्यानाकर्षण गराएको थियो ।

आइतबार बेलुका नै नेपाल खेलकुद पत्रकार मञ्च र पिजे क्लबले दक्षिण एसिया ओलम्पिक काउन्सिल र राखेपलाई ज्ञापन पत्र बुझाएको छ।

मञ्चका कार्यबाहक अध्यक्ष ध्रुव तुलाधर र पिजे क्लबका अध्यक्ष विकास कार्कीले दक्षिण एसिया ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ र राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई ज्ञापन पत्र बुझाएका हुन् ।

यससँगै अध्यक्ष श्रेष्ठ र सदस्यसचिव सिलवालले अन्तर्राष्ट्रिय प्रचलनअनुसार निर्बाधरुपमा फोटो पत्रकारलाई फोटो खिच्न दिने र भिडियो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सूचनाको अधिकारबाट बञ्चित गर्ने काम नेपाल खेलकुद पत्रकार मञ्च र पिजे क्लबलाई कदापी स्वीकार्य नहुने खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओली तथा पिजे क्लबका अध्यक्षले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  २ : ४९ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले