नेमकिपाबाट वडाध्यक्ष पदका उम्मेदवार सत्तारुढ नेकपा प्रवेश | Khabarhub Khabarhub

नेमकिपाबाट वडाध्यक्ष पदका उम्मेदवार सत्तारुढ नेकपा प्रवेश


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका–८ सुडालमा नेमकिपाबाट वडाध्यक्ष पदको उम्मेदवार भएका गणेशप्रसाद दुलालसहित २० जना नेता, कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए ।

नेकपा प्रवेश गरेकाहरुलाई आज नेकपाले पार्टी प्रवेश कार्यक्रम गरेर स्वागत गरेको उनले बताए ।

नेकपा प्रवेश गरेका सबैलाई भक्तपुर इञ्चार्ज  दिलीप प्रजापति, सहइञ्चार्ज  सोमप्रसाद मिश्र, पार्टी जिल्ला अध्यक्ष बचन देउजा, नेकपा पार्टी सचिव तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार डीपी ढकाललगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ३ : ३१ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई