‘माछा माछा’ मा सृष्टिलाई म्याडम भन्दै सौगात (भिडियो) « Khabarhub

‘माछा माछा’ मा सृष्टिलाई म्याडम भन्दै सौगात (भिडियो)


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘माछा माछा’ मा समावेश ‘म्याडम म्याडम’ बोलको गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो ।

सिनेमा आर्टसको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् ।

आज सार्वजनिक गरिएको गीतमा अनुपम शर्माको संगीत र स्वर सुन्न सकिन्छ ।

गीतमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, विजय बराल लगायतले अभिनय गरेका छन् । साथै फिल्ममा नम्रता श्रेष्ठ, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । यस्तै फिल्ममा सुनील गुरुङको लेखन तथा निर्देशन छ ।

कमेडी जानरामा बनेको यो फिल्म आउँदो मंसिर २० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ४ : ५३ बजे

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक