प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा ६० प्रतिशतसम्म छुट « Khabarhub

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा ६० प्रतिशतसम्म छुट


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहुलियत रुपमा पुस्तक उपलब्ध गराई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले एक महिने पुस्तक प्रदर्शनी शुरु गरेको छ ।

प्रतिष्ठानको वार्षिक कार्यक्रम अन्तर्गत यही मङ्सिर १ गतेदेखि प्रदर्शनी शुरु गरिएको संयोजक सुधीर ढुङ्गेलले जानकारी दिए । प्रदर्शनीमा रु दुईदेखि रु एक हजार ४ सयसम्मका पुस्तक राखिएका छन् । प्रतिष्ठानले प्रकाशन गरेका ५०० प्रकारका पुस्तक र १०० प्रकारका पत्रिका सहुलियत मूल्यमा खरीद गर्न सकिने उनले बताए ।

प्रदर्शनीमा रु दुईको ‘काव्य अर्चना’ र रु एक हजार ४०० को ‘प्रज्ञा–नेपाली–अङ्ग्रेजी शब्दकोश’ छन् । यसैगरी पछिल्लो समय बजारमा आएका डा बद्रि पोखरेलको ‘अर्थशास्त्रका शब्दावली’, गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को ‘कर्मदर्शन’, जगतप्रसाद उपाध्याय र विष्णुप्रभातले सम्पादन गर्नुभएको ‘दर्शनावली–६’, हेमनाथ पौडेल, सुरेन उप्रेती, शशी लुमुम्बु लगायतले सम्पादन गर्नुभएको ‘अन्तरदेशीय नेपाली कथाहरु’ पनि प्रदर्शनीमा छन् ।

प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्मको सहुलियत दिएर पुस्तक बिक्री भइरहेको छ । यही मङ्सिर मसान्तसम्म आयोजना गरिएको प्रदर्शनीप्रति पाठकको रुचि बढेमा पृथ्वीजयन्तीसम्म अर्थात् आगामी पुस २७ गतेसम्म विस्तार गर्न सकिने संयोजक ढुङ्गेलले बताए । प्रदर्शनीमा प्रकाशन मितिदेखि विसं २०५५ सम्मका प्रतिष्ठानले प्रकाशन गरेका समकालीन साहित्य, प्रज्ञा, सयपत्री, कवितालगायतका पत्रिका रु पाँचमै उपलब्ध गराइने जनाइएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक देशविदेशमा जानुपर्छ भनी सहुलियत रुपमा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । प्रदर्शनीले पुस्तकको गरिमालाई व्यापकता दिने उनको भनाइ थियो ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ५ : २४ बजे

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा