सीमा मिचिएको विरोधमा दोहोरी प्रतिष्ठानले निन्दा र भर्त्सना गर्दै भन्यो – नक्सा सच्याऊ | Khabarhub Khabarhub

सीमा मिचिएको विरोधमा दोहोरी प्रतिष्ठानले निन्दा र भर्त्सना गर्दै भन्यो – नक्सा सच्याऊ


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेत समेटेर प्रशासनिक नक्सा सार्वजनिक गरेपछि नेपालमा भारतविरोधी नारा लागिरहेका छन् । यसैबीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यसको भर्त्सना गरेको छ ।

दोहोरी प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गर्दै सीमा अतिक्रमण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘छिमेकी राष्ट्र भारतको तर्फबाट पछिल्लो समयमा सार्वजनिक भएको नक्सामा नेपालको सीमा अतिक्रमण भएको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको हो ।

प्रतिष्ठानले कालापानी, लिम्पियाधुरा र लिपुलेकको नेपाली भूमिलाई भारततर्फ पर्नेगरी सार्वजनिक भएको उक्त नक्सालाई अविलम्ब सच्याउनका लागि कूटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गरेकोे छ ।

साथै प्रतिष्ठानले राष्ट्रियता र स्वाधीनताको पक्षमा आवाज बुलन्द पार्न समग्र कलाकारको ऐक्यबद्धता रहेको समेत जनाएको छ । ‘भारतको विस्तारवादी कदमको घोर निन्दा र भर्त्सना गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ६ : ०७ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका