सीमा मिचिएको विरोधमा दोहोरी प्रतिष्ठानले निन्दा र भर्त्सना गर्दै भन्यो – नक्सा सच्याऊ « Khabarhub

सीमा मिचिएको विरोधमा दोहोरी प्रतिष्ठानले निन्दा र भर्त्सना गर्दै भन्यो – नक्सा सच्याऊ


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेत समेटेर प्रशासनिक नक्सा सार्वजनिक गरेपछि नेपालमा भारतविरोधी नारा लागिरहेका छन् । यसैबीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यसको भर्त्सना गरेको छ ।

दोहोरी प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गर्दै सीमा अतिक्रमण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘छिमेकी राष्ट्र भारतको तर्फबाट पछिल्लो समयमा सार्वजनिक भएको नक्सामा नेपालको सीमा अतिक्रमण भएको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको हो ।

प्रतिष्ठानले कालापानी, लिम्पियाधुरा र लिपुलेकको नेपाली भूमिलाई भारततर्फ पर्नेगरी सार्वजनिक भएको उक्त नक्सालाई अविलम्ब सच्याउनका लागि कूटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गरेकोे छ ।

साथै प्रतिष्ठानले राष्ट्रियता र स्वाधीनताको पक्षमा आवाज बुलन्द पार्न समग्र कलाकारको ऐक्यबद्धता रहेको समेत जनाएको छ । ‘भारतको विस्तारवादी कदमको घोर निन्दा र भर्त्सना गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ६ : ०७ बजे

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट