४ महिनामा ६ प्रतिशत मात्रै पूँजीगत खर्च, आर्थिक वृद्धि दरको लक्ष्य घटाइयो « Khabarhub

४ महिनामा ६ प्रतिशत मात्रै पूँजीगत खर्च, आर्थिक वृद्धि दरको लक्ष्य घटाइयो


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कात्तिक मसान्तसम्म २ खर्ब २५ अर्ब रुपैयाँ मात्रै कूल खर्च गरेको छ ।

खर्च मध्ये एक खर्ब ९६ अर्ब रुपैयाँ चालु खर्च रहेकोमा पूँजीगततर्फ भने २४ अर्ब ६८ करोड रुपैँया मात्रै खर्च भएको छ ।

वित्तीय व्यवस्थातर्फ ४ अर्ब २७ करोड खर्च गरेको सरकारले आर्थिक वृद्धिदर समेत घटाएर ७.१ प्रतिशत बनाएको छ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्य साढे ८ प्रतिशत रहेको थियो ।

आर्थिक ऐनअनुसार सरकारले कार्तिक मसान्तसम्ममा २५ प्रतिशतभन्दा बढी चालु खर्च र १५ प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने व्यवस्था छ । तर कार्तिकसम्ममा चालु खर्च २० दशमलव ५५ प्रतिशत र पुँजीगत खर्च ६ दशमलव शुन्य ६ प्रतिशतमात्रै खर्च गर्न सकेको हो ।

सरकारले चालु आर्थिक वर्षको लागि सार्वजनिक गरेको १५ खर्ब ३२ अर्ब ९६ करोडमध्ये ९ खर्ब ५७ अर्ब १० करोड चालु खर्चतर्फ, ४ खर्ब ८ अर्ब पुँजीगत खर्च र १ खर्ब ६७ अर्ब वित्तीय व्यवस्थाका लागि छुट्याएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ६ : १५ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये