चिसोमा 'हार्टअट्याक'को जोखिम किन हुन्छ ? | Khabarhub Khabarhub

चिसोमा ‘हार्टअट्याक’को जोखिम किन हुन्छ ?


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जाडो मौसम शुरु भइसकेको छ । जाडो मौसममा विभिन्न सरुवा रोगको प्रकोप कम हुने चिकित्सकहरु बताउँछन् ।

बिरामीहरुमा रोगको संक्रमण कम हुने भएपनि जाडोको समयमा हार्ट अट्याकले भने मानिसहरुलाई धेरै तसाउँछ । मुटु सम्बन्धी रोग भएका मानिसलाई जोडो मौसममा हार्टअट्याकको जोखिम उच्च हुने चिकित्सकहरु बताउँछन् ।

विशेषगरी जाडोको समयमा शरीरले न्यायोपन खो्ज्छ । चिसो मौसममा मानिसहरु निस्क्र  हुन्छन् । जसले गर्दा जाडो मौसमा हार्टअट्याकको जोखिम उच्च हुन्छ ।

मुटुमा संक्रमण हुन नदिन खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जाडोका कारण अन्य रोगको संक्रमण कम हुने भएपनि मुटुमा भने चिसोले संक्रमण बढ्न सक्छ । त्यसैले पनि चिसोको समयमा अस्पतालमा दम तथा मुटुरोगका बिरामीको चाप बढ्ने गर्छ ।

चिसोमा हार्टअट्याकको जोखिम किन हुन्छ ?

 निश्क्रिय जीवनशैली

चिसोको समयमा मानिसहरु सकेसम्म चिसो वातावरणमा निस्किन चाहँदैनन् । मानिसहरु आफूले नियमित गर्ने शारीरिक व्यायाम तथा योगा समेत गर्दैनन् । जसले गर्दा हार्टअट्याकको जोखिम उच्च हुन्छ ।

 शरीरमा कोलेस्टेरोलको मात्रा बढी हुनु

शरीरमा कोलेस्टोरलको मात्रा बढी भएमा हार्टअट्याकको जोखिम उच्च हुन्छ ।

उच्च रक्तचाप

हार्टअट्याकको समस्या बढ्नको मुख्य कारण उच्च रक्तचाप पनि हो । रक्तचाप नियन्त्रण गरेर हार्टअट्याकको जोखिमलाई कम गर्नुपर्छ ।

 सुर्तिजन्य पदार्थ तथा धुम्रपान

सुर्तिजन्य पदार्थ तथा धुम्रपानले मुटुरोगलाई बढवा दिन्छ । सुर्तिजन्य पदार्थको प्रयोग गर्दा जोडोमा हार्ट ट्याकको जोखिम झनै बढ्छ ।

मोटोपना

मोटोपना भएका मानिसमा हार्टअट्याकको जोखिम उच्च हुन्छ । त्यसैले हार्टअट्याकबाट बच्न मोटोपना नियन्त्रण गर्नुपर्छ ।

 मानसिक तनाव

मानसिक तनावमा रहने व्यक्तिलाई हार्टअट्याकको जोखिम उच्च हुन्छ । त्यसैले समस्याहरुको सहि तरिकाले व्यवस्थापन गरी मानसिक तनावमुक्त हुनुपर्छ ।

अस्वस्थ्यकर खाना

मुटुरोगलाई बढवा दिने पहिलो कारण नै अस्वास्थकर खानपना हो । अस्वास्थकर खानपानका कारण मुटुरोगका बिरामी बढ्दै गएका छन् । मुटुलाई स्वस्थ राख्न स्वास्थकर खाना खानुपर्छ ।

अत्याधिक मदिरा सेवन

अत्याधिक मदिरा सेवन गर्दा हार्टअट्याकको जोखिम उच्च हुने भएकाले मदिरा सेवन नगर्नु उपयुक्त हुन्छ ।

हार्ट अट्याकबाट बच्न के गर्ने ?

–छाती दुख्ने समस्या भएमा समयमा नै स्वास्थ्य परीक्षण गराउने,

– उच्च रक्तचाप, मधुमेह र माटोपना नियन्त्रण गर्ने,

– दैनिक आधा घण्टा शारीरिक व्यायम गर्ने,

– तनावमुक्त रहने,

–स्वास्थकर खाना खाने ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ६ : ०४ बजे

सहयोगका पर्खाइमा कलाकार निर्मोही

राँझा (बाँके)- तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी

यसरी गरिँदै छ पर्सामा छठ पर्वको तयारी

वीरगञ्ज (पर्सा)- पर्सा जिल्लामा आसन्न छठ पर्व नजिकिँदै गएपछि यहाँका

बहिनी यो तिहारमा म घर आउँदिन

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति

एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकालेको छ। आर्सनलले