मुक्तिनाथ विकास बैंकले १८.५३ प्रतिशत लाभांश वितरण गर्ने | Khabarhub Khabarhub

मुक्तिनाथ विकास बैंकले १८.५३ प्रतिशत लाभांश वितरण गर्ने


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– मुक्तिनाथ विकास बैंक लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ ।

साधारण सभाले आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन, आ.व. २०७६/०७७ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. ०७५/०७६ को मुनाफाबाट सेयरधनीहरुलाई ०.९३ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभांश र १७.६० (बोनस सेयर सहित) १८.५३ प्रतिशत लाभांश वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न साधारणसभामा समितिका सदस्य नारायण प्रसाद पौडेलले स्वागत मन्तब्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी दिएका थिए ।  बैंकका पूर्व अध्यक्षहरु खगेन्द्रराज रेग्मी र मीन प्रसाद गुरुङ्गले शुभकामना मन्तव्य दिएका थिए ।

साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले टिप्पणी गरेका थिए ।

वार्षिक साधारण सभामा बैंकको नयाँ सञ्चालक समिति गठन भएको छ । सञ्चालक समितिमा संस्थापक कार्यकारी प्रमुख लगायत ५ जनाको सञ्चालक समितिका सदस्यहरु सर्वसम्मत चयन भएको हो ।

नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ, रविन्द्र मान श्रेष्ठ, निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रको चयन भएको बैंकका प्रमुख सुचना अधिकृत तिल बहादुर गुरुङ्गले बताए ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ५ : ४९ बजे

वाग्मतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

वाग्मती– सहरी विकास तथा भवन कार्यालय मकवानपुरद्वारा वाग्मती प्रदेशमा सञ्चालित

आकाश ताक्दै किसान : महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ

महोत्तरी – लामो खडेरीले आँत्तिएका यहाँका किसानले अझै आकाश ताक्न

पानीको स्रोत खोज्दै वीरगञ्ज महानगर

वीरगञ्ज– राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगञ्ज महानगरका

दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित

वाशिङ्टन डिसी – नेपाली राजदूतवासले ओहायो राज्यको कोलम्वसमा विभिन्न सेवा

आज राति चार प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली