पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाडौं जित्नैपर्ने दबाबमा « Khabarhub

पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाडौं जित्नैपर्ने दबाबमा


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज (बुधबार) दुई खेल हुँदैछन् ।

पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सले धनगढी ब्लुज तथा दोस्रो खेलमा विराटनगर टाईटन्सले पोखरा पल्टनको सामना गर्नेछ ।

पहिलो खेल पोखरा क्रिकेट रंगशालामा बिहान ९ बजेबाट शुरु हुनेछ । प्रतियोगितामा काठमाडौँ पहिलो जितको खोजीमा रहेको छ भने धनगढी लगातार दोस्रो जित निकाल्ने दाउमा रहेको छ ।

सोमबार भएको पहिलो खेलमा विराटनगरलाई ५ रनले पराजित गर्दै धनगढी ब्लुजले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । काठमाडौँ भने पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा बुटवल ब्लास्टर्ससंग पराजित भएको थियो ।

सोही कारण ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौंलाई खेलमा फर्कन जित्नैपर्ने दबाब छ । दुवै खेलमा पराजित काठमाडौँ भने अंक विहिन हुँदै तालिकाको पुछारमा रहेको छ ।

दिउँसो पौने १ बजे हुने दोस्रो खेलमा विराटनगरले पोखराको सामना गर्नेछ । प्रतियोगितामा पोखरा दोस्रो जितको खोजीमा रहेको छ भने विराटनगर पहिलो जित निकाल्न चाहान्छ ।

विराटनगर सोमबार भएको खेलमा धनगढीसंग ५ रनले पराजित भएको थियो । पोखरा गत संस्करणको विजेता समेत हो ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ७ : ०६ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ