महागढीमाई मेलाबाट १७ लाख भेटी संकलन « Khabarhub

महागढीमाई मेलाबाट १७ लाख भेटी संकलन


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा करिब रु १७ लाख भेटी चढेको छ ।

हरेक ५/५ वर्षमा लाग्ने गढीमाई मेलामा चढेको भेटीमध्ये कागजको सबै रुपैयाँ गनिएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ ।

करिब एक हप्ता लगाएर गनिएको सो रकम १६ लाख ७० हजार ८६० रहेको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ ।

गनिएको सो रकमको ४५ प्रतिशत सात लाख ५१ हजार पुजारी मङ्गल चौधरीलाई दिइएको छ । एघार वटा दानपेटिका बाकसमा चढेको भारतीय र नेपाली रुपैयाँ गरी १६ लाख ७० हजार ८६० गनिएको हो ।

गढीमाई मन्दिरमा चढेको सिक्का गन्न बाँकी रहेको छ । सिक्काहरुलाई बाल्टिनमा भरेर भाग लगाइने छ । गढीमाईमा चढेको सिक्का करिब एक लाखभन्दा बढी हुनसक्ने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले अनुमान गरेको छ ।

भेटी गन्दा सीसीटीभी क्यामराको समेत प्रयोग गर्नुपरेको थियो । पुजारीलाई दिएर बाँकी रहेको सो भेटी पञ्चवर्षीय गढीमाई मेला मूल समितिको खातामा जम्मा हुने जनाइएको छ ।

यसैबीच गत मङ्सिर १ गतेदेखि लागेको पञ्चवर्षीय गढीमाई मेला एक महिना लागेर मङ्सिर ३० गते सम्पन्न भएको हो । एकमहिने लामो मेलामा झण्डै एक करोड मानिसले सहभागिता जनाएको अनुमान गरिएको छ । मेलामा मङ्सिर १७ गते राँगा बलि र १८ गते बोका बलि चढाइएको थियो ।

बलि चढेका पाडाको टाउको तीन हजार ५०० रहेको मेला मूल व्यवस्थापन समितिका महासचिव मोतिलाल कुशवाहाले बताउनुभयो । यसैगरी तीन लाखभन्दा बढी बोकाको बलि भएको अनुमान गरिएको छ । लाखौँ परेवाहरु उडाइएको भए पनि संरक्षणको अभावमा परेवाहरु पातलिँदै गएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ७ : ४० बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल