साढे १ अर्ब मानिस रोजगारीको खोजीमा तेस्रो मुलुकमा | Khabarhub Khabarhub

साढे १ अर्ब मानिस रोजगारीको खोजीमा तेस्रो मुलुकमा

चीनदेखि शुरु भएको वैदेशिक रोजगारी १ सय ८९ देशमा पुग्यो


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौ । आज डिसेम्बर १८ अर्थात् १९ औं अन्तर्राष्ट्रिय आप्रवासन दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

शिक्षा, रोजगारी, पेशासँगै व्यवसाय गर्ने एक देशदेखि अर्को देशमा बसाँइसराइ सर्ने नागरिकका हकअधिकारको संरक्षणका लागि यो दिवस मनाउन थालिएको हो ।

‘सीप र रोजगार आर्थिक समृद्धिको आधार’ भने नारका साथ विगतका वर्षमा जस्तै यस बर्ष पनि विविध सचेतनामूलक कार्यक्रमका साथ आप्रवासन दिवस मनाउने तयारी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ ।

विश्वव्यापीकरणसँगै यातायात, सञ्चार प्रविधि, रोजगार र शिक्षाले फड्को मारेपछि श्रम तथा रोजगारी बजार साँघुरिदै जादाँ ठाँउबाट अर्को ठाउँमा मान्छे सर्ने क्रम पनि बढ्दो छ ।

विगत ५ दशकयता रोजगारी तथा व्यापारका लागि फरक देश जाने प्रवृत्ति पनि बढ्दै गएको छ । विश्वभर २ अर्ब ४४ करोड आप्रवासीमध्ये १ अर्ब ५० लाखभन्दा धेरै श्रमका लागि एक देशदेखि अर्को देश जाने गरेको अन्तर्राष्ट्रिय श्रमिक संगठन आइएलओको तंथ्याकमा उल्लेख छ ।

विश्वमा आप्रवासी श्रमिक ५२ प्रतिशत पुरुष र ४८ प्रतिशत महिला छन् । ७४ प्रतिशत आप्रवासी श्रमिक २० देखि ६४ वर्ष उमेर समूहका रहेको आइओएमको प्रतिवेदनमा छ ।

संयुक्त राष्ट्रसंघले सन् १९९० डिसेम्बर १ का दिन आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो ।

सन् १९९० मा महासन्धि पारित भएपनि आप्रवासी दिवस भने सन् २००० बाट मनाउन शुुरु गरिएको हो । नेपालले पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन थालिएको छ ।

नेपालमा सरकार, स्वदेशी तथा विदेशी गैरसरकारी संघ संस्था, ट्रेड युनियन, निजी क्षेत्र समेतको संयुक्त समन्वयमा यो दिवस मनाउँदै आएको छ ।

आइएलओको विभन्न अध्ययनमा दक्षिण एसियाली क्षेत्रबाट मात्र २ करोड ५० लाख आप्रवासी श्रमिक खाडीलगायतका विभिन्न मुलुक पुग्ने गरेका छन् ।

विश्वमा वार्षिक २२ करोडभन्दा धेरै कामदार आप्रवासी बन्ने गरेको आइएलओको विभिन्न अध्ययनमा उल्लेख छ । नेपालबाट पनि वार्षिक रुपमा करिब १० लाख नेपाली विभिन्न देश रोजगारीका लागि जाने गरेको सरकारी तंथ्याकमा छ ।

विश्वभर २५ करोडभन्दा बढी मानिस प्रत्येक ४ महिनामा विभिन्न कारणले आफ्नो घर छाडी अन्य देशमा पुग्ने गरेका छन् । त्यसमध्ये २२ करोडभन्दा बढी मानिस रोजगारी र शिक्षाको खोजीमा विदेसिने गरेको आईएलओको विभिन्न अध्ययनमा छ ।

एक देशबाट अर्को देशमा घुमफिर गर्ने, रोजगारीको खोजीमा स्थानान्तरण हुने, अध्ययनको लागि अर्को देशमा जाने, शरणार्थी हुने, बसाई सर्ने जस्ता कार्यहरु आप्रवासनका मुख्य विषेशता हुन ।

नेपालले पनि आप्रवासनलाई सुरक्षित र अनिवार्य श्रम सम्झौता गरेरमात्र श्रमिक आपूर्ति गर्ने लक्ष्य लिएको श्रम मन्त्रालयका वैदेशिक रोजगार शाखा प्रमुख सहसचिव उमेश ढुंगानाले बताएका छन् ।

अरनिको पालाबाट शुरु भयो वैदेशिक रोजगारी

सन् १२६० देखि नै नेपाली नागरिक रोजगारीका लागि चीन र भारत जान थालेका थिए ।

करिब ७ सय ५९ वर्षअघि अरनिको नेतृत्वमा ८० जना मूर्तिकार चीनको तिब्बत गएपछि नेपालको वैदेशिक रोजगारी सुरु भएको विभिन्न अध्ययनमा उल्लेख छ । यसपछि नेपालीहरु विश्वका विभिन्न देश रोजगारीको खोजीमा पुग्न थालेको सत्यमोहन जोशीको श्रम इतिहास पुस्तकमा उल्लेख गरिएको छ ।

सुरुवातमा नेपालीहरु रोजगारीका खोजीमा भारतको विभिन्न स्थान सिक्किम, आसाम, भूटान, म्यान्मार र तिब्बत लगायतका देशमा जाने गरेका थिए ।

कृषि, पशुपालन, चियाखेती, खानी, कारखाना लगायतका क्षेत्रमा काम गर्न नेपालीहरु एक स्थानबाट अर्को स्थानमा हुँदै हाल विश्वका १ सय ८९ देश पुगेको सरकारी तंथ्याकमा छ ।

सन् १८०९ मा तत्कालीन भारतीय राज्य पञ्जावको लाहोर (हाल पाकिस्तान)मा त्यहाँका राजा रणजीत सिंहको सेनामा भर्ती भएदेखि लाहुर जाने क्रम शुुरु भएको थियो ।

नेपाल (ब्रिटिस युद्ध (सन् १८१४ (१६) पछि सुगौली सन्धी भएको थियो । त्यसपछि ब्रिटिस सेनामा पनि नेपाली युवा भर्ती हुन थालेका थिए । यो क्रम हालसम्म पनि चलिरहेको छ ।

४४ लाख युवा वैदेशिक रोजगारीमा

वि.स. २०४६ सालदेखि रोजगारीका खोजीमा नेपाली युवा विश्वका करिब १ सय ७२ राष्ट्रमा पुग्ने अनौपचारिक तथ्यांक छ । खुला सिमाना भएका कारण नेपालीहरू भारत हुँदै बंगलादेश, चीन, श्रीलंका र म्यानम्मरसम्म पुग्ने गरेका छन् ।

श्रम स्वीकृति लिएर जाने कामदारलाई मात्र आप्रवासीका रुपमा सरकारले सूचीकृत गर्दै आएको छ ।

सरकारी तथ्यांकअनुसार नेपालमा रोजगारीको अवसर नपाएर वार्षिक करिब ६ लाख युवा भारत बाहेकका देश विदेसिने गरेका छन् । आव ०५०/५१ देखि आव ०७६/७७ सम्ममा करिब ६१ लाख युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका छन् ।

जसमा ९ लाख महिला रहेको विभागको तंथ्याकमा छ । हाल विश्वका विभिन्न देशमा करिब ४४ लाख युवा वैदेशिक रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ ।

आप्रवासनका फाइदा बेफाइदा

वैदेशिक रोजगारीमा जाने क्रम बढेसँग रोजगारीको प्रलोभनमा पारी मानव तस्कर र श्रमिक बेचबिखनको क्रम पनि उतिकै बढ्दो अवस्थामा छ ।

विदेशमा जोखिमयुक्त कामका कारण औसत रूपमा दैनिक ३ जनाको शव नेपाल आउने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले उल्लेखमा उल्लेख छ ।

गएका ११ वर्षमा करिब १० हजार नेपाली वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएको बोर्डको तंथ्याकमा छ । यसले घरपरिवारका सदस्यमा त्रास पनि उत्तिकै छ ।

आप्रवासनले सामाजिक विकृत्ति पनि भित्राइरहेको छ । पछिल्लो समय आप्रवासनका कारण देशभित्र काम गर्न युवामा प्रोत्साहन पुगेको छैन । आन्तरिक श्रम बजार विदेशी कामदार भरमा चल्न थालेको छ ।

नेपाली अर्थतन्त्रको कुल ग्रार्हथ्य उत्पादनमा विप्रेषणको योगदान २९ प्रतिशत पुर्‍याएको छ । आप्रवासनले देशको आर्थिक, सामाजिक र सांस्कृतिक संरचनामा परिवर्तन गर्ने समेत सहयोग गरेको छ ।

दैनिक करिब १ हजार २ सय जना कामको खोजीमा श्रम स्वीकृति लिएर विदेसिने गर्दछन् । देशका करिब ५६ प्रतिशत घरधुरीका व्यक्ति वैदेशिक रोजगारीमा छन् ।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने सम्बन्धमा थुप्रै चुनौती थपिँदै गएको वैदेशिक रोजगारविज्ञ डा.गणेश गुरुङले बताएका छन् ।

आप्रवासनबाट शरणार्थी

विश्वव्यापीकरणका कारण विदेसिएका आप्रवासी श्रमिक शरणार्थी बन्ने क्रम पनि उतिकै बढेको छ । विकाशित देशलाई आप्रवासनको समस्या समाधान गर्ने मुश्किल भइरहेको छ । आप्रवासनमा गएका कामदार शरणार्थी बन्न थालेपछि विकशित देशले यसलाई रोक्न विकल्प खोज्न थालेका छन् ।

अध्ययनका लागि जापान, क्यानडा, अमेरिका र युरोपका देश पुगेका धेरै नेपाली पनि शरणार्थी भएर बस्न थालेका छन् । आप्रवसनमा गएका कामदार शरणार्थी बनेर बस्ने क्रम बढेपछि आप्रवासी कामदारमाथि धेरै देशले रोक समेत लगाउन थालेका छन् ।

पछिल्लो समय अफ्रिकाका देशमा चलिरहेको द्वन्द्वका कारण युरोपमा शरणार्थी बढ्न थालेपछि यो विषयमा युरोपेली देश विकल्पको खोजी गर्न थालेका छन् । यसरी रोजगारी र शिक्षाका लागि विभिन्न देश गएका १० प्रतिशत मानिस शरणार्थी बनेर बस्ने गरेका छन् ।

विकराल चुनौतीहरूलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय श्रम संगठनलगायतका निकायहरूको सहयोगमा नेपालमा दर्जनभन्दा बढी संघसंस्था क्रियाशील भएर काम गदै आएका छन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ७ : ५६ बजे

चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै

बागमती – हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि

बाबु–छोरा कोठामै मृत फेला, एक छोरा बेपत्ता

भक्तपुर– भक्तपुरको बालकोटस्थित आफ्नै कोठामा बाबु–छोरा मृत फेला परेका छन्

आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन सिफारिस 

काठमाडौं– चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह

राष्ट्रपति समक्ष पाँच राजदूतले लिए शपथ

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त

रवि लामिछानेसहित पाँचजनाको मुद्दा न्यायाधीश नितिज राईको इजलासमा

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पाँच