तीव्रगतिका कारण नरपानी दुर्घटना : छानबिन समिति « Khabarhub

तीव्रगतिका कारण नरपानी दुर्घटना : छानबिन समिति


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- तीव्रगतिका कारण १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

यही मङ्सिर ११ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु२ख २१४८ नंको यात्रुवाहक बस सन्धिखर्क नगरपालिका–६ सल्लेरीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो ।

दुर्घटनापश्चात जिल्ला प्रशासन कायार्लय अर्घाखाँचीमा भएको सर्वपक्षीय बैठकबाट सहायक प्रजिअ विष्णुराज बेल्बासे संयोजक रहेको नौ सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिलाई १५ दिनभित्रमा प्रतिवेदन पेश गर्ने गरी कार्यादेश थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थलको स्केच, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थल प्रकृति मुचुल्का, गाडीको मेकानिकल जाँचको प्रतिवेदन, चालकले चिया नास्ता खाएको होटल साहुको भनाइलाई समावेश गरिएको छ ।

त्यस्तै घुम्तीका सर्वसाधारण र पसलेसँगको कुराकानी, घटनामा तत्काल उद्धारमा खटिएका प्रहरी चौकी नरपानीका चौकी इन्चार्जको बयान, उद्धारकर्ताको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा गरेको कागज, घटनास्थलको प्रकृति मुचुल्का, रेखाचित्रण र फोटोग्राफी तथा घाइतेको बयान कागजले समेत तीव्रगतिका कारण बस दुर्घटना भएको देखाएको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ९ : १४ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा