टाउको दुख्यो ? यी हुन् कम गर्ने उपाय « Khabarhub

टाउको दुख्यो ? यी हुन् कम गर्ने उपाय


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसमा टाउको दुख्ने समस्या विभिन्न कारणले हुन्छ । चिसोको मौसममा त धेरै मानिसलाई टाउको दुख्ने समस्याले सताउने गर्छ । टाउको दुखाईका कारणहरु र प्रकारहरु विभिन्न हुने गर्दछ ।

आधा टाउको दुख्ने, बेलाबेलामा एकाएक अत्यधिक टाउको दुख्ने, रींगटा लाग्ने, वाक–वाक लागे जस्तो हुने, वान्ता हुने, घाम, भिडभाड तथा आवाज आउने ठाउ“मा जादा सहन नसक्ने लक्ष्ँणहरु माइग्रेन हुनसक्छ ।

टाउको दुख्ने तथा रिस उठ्ने जस्तो लक्षणहरु देखापर्छ । यदि यस्तो छ भने यो माइग्रेनको लक्षण हो, त्यसैले यसलाई सकेसम्म कम गर्नुपर्छ । यदि नियमित रुपमा यस्ता प्रकारले टाउको दुखिरहेको छ भने निम्न बिषयमा ध्यान दिनुपर्ने हुन्छ–

१. सकेसम्म कहिल्यै भोको पेट बस्नु हुँदैन । पानी तथा फलफूल प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।

२. आफू बसेको स्थान आसपासमा दुर्गन्ध वा बास्ना आउने वातावरण छ भने अन्यत्र जानुपर्छ ।

३. अत्याधिक चम्किलो उज्यालो, भिडभाड तथा आवाज आउने ठाउबाट टाढा रहनुपर्छ ।

४. गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार खानु हुँदैन ।

५. दही, मही, पनिर, आइसक्रिम, कफी चकलेटको सेवन गर्नु हुँदैन ।

६. कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ) को सकेसम्म सेवन नगर्ने ।

७. अनावश्यक रुपमा चिन्ता लिने, वा एकोहोरो भएर बस्नु हुदैन । सकेसम्म एक्लै नबस्ने ।

८. दैनिक न्यूनतम ८ घन्टा पुर्ण आरामका साथ सुत्ने गर्नुपर्दछ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ९ : ३९ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै