काठमाडौंले धनगढीलाई दियो १८६ रनको चुनौती « Khabarhub

काठमाडौंले धनगढीलाई दियो १८६ रनको चुनौती


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत अहिले काठमाडौं गोल्डेन वारियर्सन र धनगढी ब्लुजबीचको खेल जारी छ ।

जारी प्रतियोगितामा काठमाडौं गोल्डेन वारियर्सनले धनगढी ब्लुजलाई १ सय ८६ रनको चुनौती दिएको छ ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । उसका कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले । उनले ३८ बलमा ८ चौका र ९ छक्का प्रहर गर्दै सय रन बनाए ।

यस्तै जयकिशन कोल्सावालाले ४६ रनको इनिङ्स खेले । ३७ बल खेलका उनले ४ चौका र २ छक्काको मद्दतमा अर्धशतकबाट ४ रानाले चुके । मल्ल र कोल्सावालाले तेस्रो विकेटको लागि शतकीय रनको साझेदारी गरेका थिए ।

खराब मौसमको कारण ढिलो शुरु भएको खेल १७ ओभरमा घटाइएको थियो । यस संस्करणमा काठमाडौंले बनाएको रन प्रतियोगिताको सर्वाधिक रन हो ।

धनगढीका कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए । प्रतियोगितामा काठमाडौं पहिलो जितको खोजीमा रहेको छ भने धनगढी लगातार दोस्रो जित निकाल्न चाहान्छ ।

सोमबार भएको पहिलो खेलमा विराटनगरलाई ५ रनले पराजित गर्दै धनगढी ब्लुजले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो ।

एक जित निकालेको धनगढी २ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । दुवै खेलमा पराजित काठमाडौँ भने अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ११ : ४७ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ