नेपाली सेनाका उपरथी हमाललाई फोर्स कमान्डरको जिम्मेवारी « Khabarhub

नेपाली सेनाका उपरथी हमाललाई फोर्स कमान्डरको जिम्मेवारी


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाका उपरथी ईश्वर हमालले मध्यपूर्वस्थित गोलानहाइटमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनको हेड अफ मिसन र फोर्स कमान्डरको जिम्मेवारी पाएका छन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालयले उपरथी हमाललाई यो मिसनको हेड अफ मिसन र फोर्स कमान्डरमा नियुक्त गरेको हो ।

हमाल अहिले आर्मी कमान्ड तथा स्टाफ कलेज कमान्डान्टका रूपमा कार्यरत छन् । हमाल नेपाली सेनाका अब्बल अधिकृतका रूपमा चिनिन्छन् । राष्ट्रसंघको मुख्यालयले उनको नियुक्तिका बारेमा केही दिनभित्रै सार्वजनिक गर्ने सैनिक मुख्यालय स्रोतले जनाएको छ ।

सन् १९८५ बाट नेपाली सेनामा प्रवेश गरेका हमालले नेपाली सेनाद्वारा प्रदान गर्ने सबै तालिममा उत्कृष्टता हासिल गरेका छन् ।

गुल्म, गण, वाहिनी र पृतनाको नेतृत्व गरिसकेका हमाल नेसनल डिफेन्स युनिभर्सिटी अमेरिकाबाट वार कलेज र प्रतिआतंकवादसम्बन्धी फेलोसिपसमेत प्राप्त गरेका थिए ।

उपरथी हमालले लेबनान, युगोलास्भिया, आइभरिकोस्टमा राष्ट्रसंघको प्रतिनिधिका रूपमा काम गरिसकेका छन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १२ : ०४ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग