नेपाली सेनाका उपरथी हमाललाई फोर्स कमान्डरको जिम्मेवारी « Khabarhub

नेपाली सेनाका उपरथी हमाललाई फोर्स कमान्डरको जिम्मेवारी


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाका उपरथी ईश्वर हमालले मध्यपूर्वस्थित गोलानहाइटमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनको हेड अफ मिसन र फोर्स कमान्डरको जिम्मेवारी पाएका छन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालयले उपरथी हमाललाई यो मिसनको हेड अफ मिसन र फोर्स कमान्डरमा नियुक्त गरेको हो ।

हमाल अहिले आर्मी कमान्ड तथा स्टाफ कलेज कमान्डान्टका रूपमा कार्यरत छन् । हमाल नेपाली सेनाका अब्बल अधिकृतका रूपमा चिनिन्छन् । राष्ट्रसंघको मुख्यालयले उनको नियुक्तिका बारेमा केही दिनभित्रै सार्वजनिक गर्ने सैनिक मुख्यालय स्रोतले जनाएको छ ।

सन् १९८५ बाट नेपाली सेनामा प्रवेश गरेका हमालले नेपाली सेनाद्वारा प्रदान गर्ने सबै तालिममा उत्कृष्टता हासिल गरेका छन् ।

गुल्म, गण, वाहिनी र पृतनाको नेतृत्व गरिसकेका हमाल नेसनल डिफेन्स युनिभर्सिटी अमेरिकाबाट वार कलेज र प्रतिआतंकवादसम्बन्धी फेलोसिपसमेत प्राप्त गरेका थिए ।

उपरथी हमालले लेबनान, युगोलास्भिया, आइभरिकोस्टमा राष्ट्रसंघको प्रतिनिधिका रूपमा काम गरिसकेका छन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १२ : ०४ बजे

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौँलाई दियो १२६ रनको लक्ष्य

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको

मकवानपुर दुर्घटनाका घाइतेको निःशुल्क उपचार र पीडितलाई राहत दिन कांग्रेसको माग

काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति नेपाली

चार जना न्यायाधीश सर्वोच्च अदालतमा नियुक्त

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा

इरान युद्धबाट ध्यान हटाएर अपराध नियन्त्रणमा केन्द्रित हुन भान्सलाई ट्रम्पको निर्देशन

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरान युद्धबाट