लुम्बिनीमा सडक खाना महोत्सव « Khabarhub

लुम्बिनीमा सडक खाना महोत्सव


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल- पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव गरिने भएको छ ।

‘लुम्बिनी जाऔँ, लुम्बिनीमै खाऔँ, लुम्बिनीमै रमाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी होटल सङ्घ नेपालले छैटौँ पटक सडक खाना महोत्सव आयोजना गरेको हो ।

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर यही पुस १५ गते आयोजना गरिने महोत्सवमा नेपाली, चिनियाँ, थाई, इटालेली, जापानीलगायतका विभिन्न देशका खानाका परिकार राखिने आज आयोजित पत्रकार सम्मेलनमा लम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग रहेकाले विशेष तयारी गरिएको अध्यक्ष श्रेष्ठले बताए । ‘नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजित यस वर्षको सडक खाना महोत्सवलाई विगतमा भन्दा रोचक र भव्य बनाउने गरी तयारी गरेका छौँ’, उनले भने ।

लुम्बिनी भ्रमण वर्ष तथा नेपाल भ्रमण वर्षलाई ध्यानमा राखेर आन्तरिक तथा बाह्य पर्यटकलाई लुम्बिनीमा आकर्षित गर्न महोत्सव आयोजना गरिएको सङ्घका महासचिव लीलामणि शर्माले बताए ।

‘आन्तरिक पर्यटनको दृष्टिले लुम्बिनी धेरै आन्तरिक पर्यटकले भ्रमण गर्ने स्थल हो, यहाँ आन्तरिक र बाह्य पर्यटकलाई अझै बढी आकर्षित गर्न यो कार्यक्रम बनाएका हौँ’ महासचिव शर्माले भने ।

महोत्सवमा १०० वटा खानाका कक्ष रहने उनले बताए । स्थानीय खानाका परिकारका छुट्टै कक्ष राखिने सङ्घका उपाध्यक्ष गोविन्द ज्ञवालीले बताए । सो अवसरमा स्थानीय विराहा नाच, विभिन्न जातिको संस्कृति झल्कने प्रस्तुति तथा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने भएको छ ।

महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकले विभिन्न देशको परिकारको मज्जा लिन र लुम्बिनीको संस्कृति हेर्न सक्ने महोत्सवका संयोजक तथा सङ्घका सल्लाहकार हेमबहादुर विष्टले बताए ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १ : ५८ बजे

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।