पौडेल र सिटौला पक्षका नेता उपस्थित नभएपछि कांग्रेस बैठक फेरि सर्‍यो | Khabarhub Khabarhub

पौडेल र सिटौला पक्षका नेता उपस्थित नभएपछि कांग्रेस बैठक फेरि सर्‍यो


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसि स्थगित भएको छ । आगामी बैठक शुक्रवार दिउँसो एक बजे बस्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण प्रसाद सिटौला उपस्थित नभएपछि आजका लागि बोलाइएको बैठक पनि स्थगित भएको हो ।

कांग्रेसमा १४ औं महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने, भ्रातृ संगठन, विभाग लगायतमा नेता पौडल सिटौला पक्षधरको असन्तुष्टि रहँदै आएको छ ।

केही दिनयता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु उपस्थित नहुँदा बैठक निरन्तर सर्दै आएको छ । बुधबार दिउँसोका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा पनि रामचन्द्र पौडेल पक्षधर नेताहरु उपस्थित नभएपछि संस्थापन पक्षले बैठक सारेको हो ।

असन्तुष्ट पक्ष उपस्थित नभएपनि पार्टी सभापति शेरबहादुर देउवाले वैठक सञ्चालन गर्ने तयारी गरेको देउवा निकटका नेता विमलेन्द्र निधिले बताएका थिए तर अन्तिम समय आएर बैठक स्थगित भएको हो ।

बोहराटारमा छलफल

बुधवार दिउँसो वरिष्ठ नेता पौडेल निवास बोहराटारमा असन्तुष्ट पक्षका नताहरुको बैठक बसेको छ । पार्टीमा देखिएको समस्या र संस्थापन पक्षसँगमागका विषयमा छलफल गर्न पौडेल पक्षका नेताहरु छलफलमा जुटेका हुन् ।

संस्थापन पक्षले २०७७ मा नै महाधिवेशन गर्ने कार्यतालिका ल्याउने तयारी गरेसँगै असन्तुष्ट पक्ष बैठकमा बस्ने अनुमान गरिएको थियो । संस्थापन पक्षका नेता निधिले १४ औं महाधिवेशन २०७७ मै गर्न सभापति देउवा तयार भएको नेता निधिले बताए ।

‘उहाँहरुले २०७७ सालको मंसिर पहिलो साता महाधिवेशन गरौं भन्ने प्रस्ताव राख्नु भएको छ’ नेता निधिले भने,‘यसबारे छलफल गर्न सकिन्छ तर, २०७७ को फागुन हामीले प्रस्ताव गरेका छौं ।’

असन्तुष्ट पक्षका नेता हृदयराम थानीका अनुसार नेविसंघका बारेमा संस्थापन पक्षसँग सहमति नजिक पुगेको बताए । तर कस्तो खालको सहमति हो भन्ने बारे उनले खुलाएनन् । अब विभाग, तरुण दल र महाधिवेशनको कार्यतालिका बारेमा समस्या रहेको उनको भनाइ छ ।

नेपाली कांग्रेसमा नेविसंघ र तरुण दलको नेतृत्व चयन साथै विभाग गठनको विषयमा समस्या देखिएको छ । संस्थापनले विधानमा व्यवस्था भएको २८ को सट्टा ४१ विभाग प्रस्ताव गरेपछि पौडेल र सिटौला पक्ष असन्तुष्ट बनेका हुन् । उनीहरूले विधानअनुसार नै २८ वटा मात्रै विभाग गठन गर्नुपर्ने बताउँदै आएका छन् । तर, मुख्य विभागमा भाग पाए संस्थापनको संख्या बढाउने तयारीमा सहमति गर्न सकिने सन्देश उनीहरुले संस्थापन पक्षलाई दिएका छन् ।

पौडेल पक्षले नेविसंघ र तरुण दल दुवैमा नेतृत्व दाबी गरेको छ । नियमित समयमा महाधिवेशन गर्न संस्थापनपक्षीय नेतृत्व असफल भएको निष्कर्ष निकाल्दै सो समूहका नेताहरूले नेतृत्व नै दाबी गरेका हुन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  २ : ५८ बजे

धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती

काठमाडौं – सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो

पर्वत – आवश्यक संरक्षण र उपयोग गर्न नसक्दा पर्वतका वन

सर्वेन्द्र खनाललाई प्रश्न : माओवादीमा जाने की रावललाई साथ दिने ?

काठमाडौं– आइतबार नेकपा एमाले पार्टीबाट अलग भएको घोषणा गरेका नेपाल

सिरियाली भूभागबाट फिर्ता हुन इजरायली सेनालाई इरानी राष्ट्रपतिको आग्रह

तेहरान – इरानका राष्ट्रपति मसुद पेजेस्कियनले बुधबार तेहरानको लामो समयदेखिका