पुनितको उत्कृष्ट फिनिसिङमा विराटनगरद्वारा पोखरालाई १४६ रनको लक्ष्य « Khabarhub

पुनितको उत्कृष्ट फिनिसिङमा विराटनगरद्वारा पोखरालाई १४६ रनको लक्ष्य


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा विराटनगर टाइटन्सले पोखरा पल्टनलाई १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबारको दोस्रो खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभर पुरा खेल्दै ५ विकेट गुमाएर १सय४५ रन बनाएको हो ।

विराटनगरका लागि पुनित मेहराले अर्धशतक बनाएका थिए । उनले २६ बलको सामना गर्दै ६१ रन बनाए । मेहराले विराटनगरका लागि उत्कृष्ट फिनिसिङ गरे ।

विराटनगरका लागि यस्तै, सुनिल धमलाले ३६ र मोहमद जायद आलमले २६ रन बनाएका थिए । विराटनगरविरुद्ध पोखराका बलरहरुमा कप्तान शरद भेषावकरले २ विकेट लिए भने सर्वजीत लड्डा र कुसल मल्लले समान एक–एक विकेट लिए ।

राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकरले घरेलु टोलीको नेतृत्व गरेका छन् भने राष्ट्रिय टोलीका खेलाडी प्रदिप ऐरीले विराटनगरको नेतृत्व गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ३ : २४ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ