पुनितको उत्कृष्ट फिनिसिङमा विराटनगरद्वारा पोखरालाई १४६ रनको लक्ष्य « Khabarhub

पुनितको उत्कृष्ट फिनिसिङमा विराटनगरद्वारा पोखरालाई १४६ रनको लक्ष्य


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा विराटनगर टाइटन्सले पोखरा पल्टनलाई १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबारको दोस्रो खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभर पुरा खेल्दै ५ विकेट गुमाएर १सय४५ रन बनाएको हो ।

विराटनगरका लागि पुनित मेहराले अर्धशतक बनाएका थिए । उनले २६ बलको सामना गर्दै ६१ रन बनाए । मेहराले विराटनगरका लागि उत्कृष्ट फिनिसिङ गरे ।

विराटनगरका लागि यस्तै, सुनिल धमलाले ३६ र मोहमद जायद आलमले २६ रन बनाएका थिए । विराटनगरविरुद्ध पोखराका बलरहरुमा कप्तान शरद भेषावकरले २ विकेट लिए भने सर्वजीत लड्डा र कुसल मल्लले समान एक–एक विकेट लिए ।

राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकरले घरेलु टोलीको नेतृत्व गरेका छन् भने राष्ट्रिय टोलीका खेलाडी प्रदिप ऐरीले विराटनगरको नेतृत्व गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ३ : २४ बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा