पूर्वपश्चिम राजमार्गअन्तर्गत भाषी सडकखण्ड अवरुद्ध « Khabarhub

पूर्वपश्चिम राजमार्गअन्तर्गत भाषी सडकखण्ड अवरुद्ध


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत भाषी सडकखण्ड अवरुद्ध भएको छ ।

सवारी दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति् र सवारी चालकलाई कारवाहीको गर्नुपर्ने माग राख्दै सो सडकखण्ड आज अवरुद्ध गरिएको हो ।

भीमदत्तनगरपालिकाको सुकासालमा गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नम्बरको जीपले विपरीत दिशाबाट आइरहेको म २ प ९४९५ नम्बरको मोटरसाइकललाई मङ्गलबार ठक्कर दिँदा मोटरसाइकल चालक भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको थियो ।

मृतकका परिवार र स्थानीयवासीले सो सडकखण्डमा टायर बालेर राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनले शव महाकाली अस्पतालमा परीक्षण र राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ३ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै