बजाजको नयाँ शोरुम कैलालीमा « Khabarhub

बजाजको नयाँ शोरुम कैलालीमा


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि।ले अत्तरिया, कैलालीमानयाँ शोरुम “रुद्र अटोमोटिभस्” को शुभराम्भ गरेको छ ।

अत्तरिया, कैलालीमा बजाजको नयाँ शोरुमले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्याउदै सधै अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्ने कम्पनीले बिश्वास लिएको छ ।

बजाज, नेपालकै सर्वाधिक बिक्री हुने विश्वाशीलो अटोमोबाइल ब्राण्डले ग्राहकहरुलाई खरिद गरेको सामाग्रीमा अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको कम्पनीले जनाए ।

कम्पनीका अनुसार नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउनुका साथै यसै माध्यमबाट देशभरका ग्राहकहरुलाई उच्चस्तरीय, विश्वस्त सेवा र अझैँ आधुनिक सुविधा सुनिश्चित गर्दै बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ ।

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि।का जनरल म्यानेजर योगेन गुरुङले भन्नु भने, “हामी अत्तरिया, कैलालीमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो ।”

उनले थपे “कैलालीमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।”

शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको उनले बताए ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ४ : ०१ बजे

हिंसा रोक्न गौरमा तीनै सुरक्षा निकाय परिचालन, भित्री भेगमा छिटफुट नाराबाजी र होहल्ला जारी

गौर- साम्प्रदायिक हिंसा नियन्त्रणका लागि रौतहटको सदरमुकाम गौरका विभिन्न स्थानमा

उम्मेदवारहरूको घरदैलो अभियान तीव्र

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक दल

सुनसरी–४ मा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप

सुनसरी– सुनसरी-४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का

लागूऔषध विरुद्धको अमेरिकी आक्रमण : तीन जनाको मृत्यु

एजेन्सी – अमेरिकी सेनाले शुक्रबारदेखि पूर्वी प्रशान्तमा लागूऔषध तस्करी गर्नेहरू

प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन

लुम्बिनी– प्रधानमन्त्री सुशीला कार्कीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरका साथै थाइल्याण्ड