किसान पाइप प्रडक्टस् टोलीले गर्यो‍ जापानमा ७ दिने औद्योगिक अवलोकन भ्रमण | Khabarhub Khabarhub

किसान पाइप प्रडक्टस् टोलीले गर्यो‍ जापानमा ७ दिने औद्योगिक अवलोकन भ्रमण


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किसान पाइप प्रडक्टस् प्रा.लि. र जापानको सेकिस्युइ कम्पनीको सहकार्यमा १२ जना नेपालीले जापानको औद्योगिक अवलोकन भ्रमण गरेका छन् ।

जापानको ख्याती प्राप्त अन्तराष्ट्रिय ब्राण्ड “डुरास्ट्रिम सीपीभीसी” उत्पादन गर्ने कम्पनी सेकिस्युइसँगको प्राविधिक साझेदारीमा किसान पाइप प्रडक्टस्ले नेपालमा किसान ब्राण्डको सीपीभीसी उत्पादन थालेपछि नेपाली टोली जापानको औद्योगिक भ्रमणमा गएको हो ।

७ दिन लामो अवलोकन भ्रमणमा उद्योग अवलोकन, डुरास्ट्रिम सीपीभीसी निर्माण गर्दा प्रयोग भएको प्रविधि, गुणस्तर कायम गर्न कम्पनीले अपनाएको विधि, ब्राण्डिङ, बजारिकरणबारे जानकारी लिएका थिए ।

नेपाली टोलीले डुरास्ट्रिम सीपीभीसी प्रडक्सन टिमसँग अन्तरक्रिया गरेको थियो । त्यस क्रममा सेकिस्युइ सीपीभीसी (स्पेसियालिटी प्रडक्टस्) जनरल म्यानेजर योरीताका यामाउचीले आफ्ना प्रडक्टको बारेमा जानकारी दिएका थिए ।

उनले सेकिस्युइ सीपीभीसी विश्वमा नम्बर वान सीपीभीसी कम्पाउण्ड म्यानुफ्याक्चरर कम्पनी कसरी बन्यो भनेर प्रस्तुतिकरण गरेका थिए । भ्रमणको क्रममा नेपाली टोलीले सेकिस्युइको लामो इतिहास झल्कने संग्रहालयको पनि अवलोकन गरेका थिए ।

किसान पाइप प्रडक्टस्को तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजयकुमार पाण्डेले किसान पाइप प्रडक्टस्को बारेमा प्रस्तुतिकरण गरेका थिए । नेपाली टोलीले जापानी टिमलाई ढाका टोपी, ढाकाको खादा लगाएर थान्का उपाहार प्रदान गरेका थिए । जापानिजहरुले नेपाली पोशाक र नेपाली थान्कालाई निकै मन पराउने गर्दछन् ।

भ्रमण टोलीमा सहभागी डिलरहरुले जापान भ्रमण निकै फलदायी भएको बताएका छन् । जापानी उत्पादनहरु गुणस्तरीय हुन्छ भन्ने कुरा पहिलैदेखि सुनेको तर कसरी गुणस्तरीय सामान बनाउने र राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बजारिकरण गर्ने बन्ने बारेमा महत्वपूर्ण सिकाइ भएको उनीहरुले बताएका छन् ।

महेन्द्रनगरका वितरक तेज खड्काले डुरास्ट्रिम सीपीभीसी बनाउदा सेकिस्युइले प्रयोग गरेको प्रविधि निकै राम्रो भएको बताए । उच्चस्तरको प्रविधिले डुरास्ट्रिमको तापवहन क्षमता अरु पाइपको तुलनामा तीन गुणा बढी रहेको उनले बताए ।

राप्तीका वितरक सुमन श्रेष्ठ डुरास्ट्रिम ब्राण्ड साँच्चिकै सबैभन्दा उत्कृष्ठ ब्राण्ड रहेको महसुस भएको बताए । उच्चस्तरको प्रविधिको प्रयोगसहित गुणस्तरीय उत्पादनमा सेकिस्युइ र किसान प्रडक्टस्बीच साझेदारमा उत्पादन शुरु भएकोमा उनी निकै उत्साहित देखिन्छन् ।

पोखराका ज्ञानेश्वर राज श्रेष्ठ किसान प्रडक्टस्ले जापानको उत्कृष्ट कम्पनीसँग साझेदारी गरी गुणस्तरीय उत्पादन बजारमा ल्याएकोले नेपालमा किसान सीपीभीसीले उपभोक्ताको विश्वास छिट्टै जित्ने उनले बताए । अवलोकन भ्रमणपछि किसान पाइप प्रडक्टस्का उत्पादनको गुणस्तर उपभोक्तालाई बुझाउन सजिलो हुने उनको भनाई छ ।

भ्रमण टोलीमा किसान पाइप प्रडक्टस्का अध्यक्ष विष्णु प्रसाद पाण्डे, प्रबन्ध निर्देशक अजयकुमार पाण्डे, सञ्चालकहरु भीमलाल पौडेल र राजेन्द्र माडवारी सहित ८ जना किसानका डिलर प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ४ : ०५ बजे

महायज्ञबाट ४३ लाख बढी संकलन

तनहुँ– धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिका–११ साँखेमा आयोजित

पानीमा लेखिएका अक्षरजस्ता रहरहरू

हृदयकी रानी न्यान्सी,अविच्छिन्न न्यानो माया ! आएर कहिल्यै ऋतु सिद्धिँदैन,

आजको तरकारी र फलफूलको थोक मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मिथिला माध्यमिकी परिक्रमाका यात्री भारतको फूलहर पुग्दै

महोत्तरी– मिथिला माध्यमिकी परिक्रमाका यात्री आज तेस्रो दिनको विश्रामका लागि

आलु खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ का मायाराम महतोलाई गत