फिल्म रिलिजअघि नै ‘सस्पेन्स’ खुलाएपछि हलमा दर्शक के हेर्न जाने? « Khabarhub

फिल्म रिलिजअघि नै ‘सस्पेन्स’ खुलाएपछि हलमा दर्शक के हेर्न जाने?


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो चैत २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘प्रेमगीत ३’ को छायांकन सकिनै लागेको छ । फिल्म युनिटले मोसन पोस्टरदेखि शूटिङ सेटका तस्वीर सार्वजनिक गरिसकेको छ ।

फिल्मकै शूटिङ सकिनुअघि नै प्रचारका नाममा फिल्मका धेरै कन्टेन्ट दर्शकसामु पुगिसकेका छन् ।

यो फिल्म मात्र होइन, यतिबेला छायांकन भइरहेको ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगे दाउ’ का पनि तस्वीरहरु भटाभट सार्वजनिक भइरहेका छन् । यी तस्वीरहरु सार्वजनिक हुँदा फिल्म के विषयमा बनिरहेको छ, कलाकार कुन भूमिकामा छन् भन्ने कुरा दर्शकले फिल्म रिलिजअघि नै बुझिसकेका छन् ।

फिल्म युनिटले निर्देशकको काम, फिल्ममा शीर्ष भूमिका निभाएका केकी अधिकारी र आँचल शर्माको भूमिका र कथानक नै लगभग सार्वजनिक गरेका छन् ।

यो फिल्मको ‘क्रेज’ बढ्नुको साटो झनै घट्दै गइरहेको छ । किनकि, निर्माण टिमले प्रचारका नाममा फिल्मबारे धेरै थोक सार्वजनिक गरिसकेको छ ।

यस्तै अर्को फिल्म हो, चपली हाइट ३ । यो फिल्मले पनि फिल्म छायांकनमा पुगिसक्दा यसको लोकेशनदेखि धेरै कुरा सार्वजनिक गरिसकेको छ ।

फिल्मको प्रचार गर्नु त राम्रै कुरा हो । यसले दर्शकलाई थप उत्साहित बनाउँछ । तर, फिल्म रिलिज हुनुअघि नै सबै कुरा सार्वजनिक गरेपछि दर्शक के हेर्न हलसम्म पुग्छन् भन्ने अर्को प्रश्न रहन्छ ।

नेपाली मेकरले फिल्मका समाचार धेरैभन्दा धेरै आएर प्रचार हुन्छ भन्ने बुझेका छन् । यसले गर्दा मेकरले समाचार बनाओस् भनेर लागि फिल्मको विषय सार्वजनिक गरिरहँदा दर्शकले भने फिल्मको कथा बुझिसकेका हुन्छन् ।

जब फिल्म र कथा नै पहिले दर्शकलाई थाहा हुन्छ भने दर्शक केका लागि हलसम्म आउँछन्? कलाकारलाई हेर्न त दर्शकका लागि युट्युब छँदैछ नि । यसै पनि फिल्म रिलिजअघि कलाकार हरेक युट्युब च्यानलमा पुगेर अन्तर्वार्ता दिने नै हुन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ५ : ०१ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै