श्रम तथा वैदेशिक रोजगार पत्रकार समूह गठन « Khabarhub

श्रम तथा वैदेशिक रोजगार पत्रकार समूह गठन


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा वैदेशिक रोजगार बिटमा क्रियाशील पत्रकारहरुको सक्रियतामा श्रम रोजगार पत्रकार समूह गठन भएको छ । देशपरदेश डट कमका सुनिल न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय समूह गठन भएको हो ।

समूहको उपाध्यक्षमा कान्तिपुर दैनिकका होम कार्की, महासचिवमा राष्ट्रिय समाचार समितिका अशोक घिमिरे, सचिवमा साझासबाल डट कमका मनोज पराजुली र कोषाध्यक्षमा गोरखापत्र दैनिकका सिता शर्मा रहेका छन् ।

त्यस्तैगरि सदस्यहरुमा कारोबार दैनिकका गोपाल संग्रौला, अनलाइनखबरका रविन्द्र घिमिरे, उज्यालो नेटवर्कका संजिता देवकोटा, द काठमाडौँ पोष्टका चन्दन कुमार मण्डल, स्वतन्त्र पत्रकार रीतु थेवे र उजिर कार्की रहेका छन् ।

पत्रकारहरुको क्षमता विकास गर्नको लागि समूह गठन गरिएको अध्यक्ष न्यौपाने बताए । श्रम रोजगारको मुद्दामा सरोकार वाला निकाय विच साझा मन्चमा गहन छलफल नभएको अवस्थामा सो कार्यका लागि समुहले समन्व्य भूमिका खेल्ने उनले बताए ।

नवगठित समूहलाई बैदेशिक रोजगार बोर्डका कार्यकारी राजन श्रेष्ठ, मानव अधिकार आयोगका सदुप सुदिप पाठक, बैदेशिक रोजगार विज्ञ पूर्णचन्द्र भट्टराई, आइएलओकि नेहा चौधरी, बसन्त कुमार कार्कीले शुभकामना दिएका छन् ।

त्यस्तै गरि विनरककि पनम थपलिया, सामीबाट रोनी प्रधान, पिएनसीसी कुल प्रसाद कार्की, पिपुल फोरमका कृष्ण न्यौपानेले संस्थागत रुपमा पत्रकार समूह गठन भएकोमा बधाई दिएका छन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ४ : ३२ बजे

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले