श्रम तथा वैदेशिक रोजगार पत्रकार समूह गठन « Khabarhub

श्रम तथा वैदेशिक रोजगार पत्रकार समूह गठन


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा वैदेशिक रोजगार बिटमा क्रियाशील पत्रकारहरुको सक्रियतामा श्रम रोजगार पत्रकार समूह गठन भएको छ । देशपरदेश डट कमका सुनिल न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय समूह गठन भएको हो ।

समूहको उपाध्यक्षमा कान्तिपुर दैनिकका होम कार्की, महासचिवमा राष्ट्रिय समाचार समितिका अशोक घिमिरे, सचिवमा साझासबाल डट कमका मनोज पराजुली र कोषाध्यक्षमा गोरखापत्र दैनिकका सिता शर्मा रहेका छन् ।

त्यस्तैगरि सदस्यहरुमा कारोबार दैनिकका गोपाल संग्रौला, अनलाइनखबरका रविन्द्र घिमिरे, उज्यालो नेटवर्कका संजिता देवकोटा, द काठमाडौँ पोष्टका चन्दन कुमार मण्डल, स्वतन्त्र पत्रकार रीतु थेवे र उजिर कार्की रहेका छन् ।

पत्रकारहरुको क्षमता विकास गर्नको लागि समूह गठन गरिएको अध्यक्ष न्यौपाने बताए । श्रम रोजगारको मुद्दामा सरोकार वाला निकाय विच साझा मन्चमा गहन छलफल नभएको अवस्थामा सो कार्यका लागि समुहले समन्व्य भूमिका खेल्ने उनले बताए ।

नवगठित समूहलाई बैदेशिक रोजगार बोर्डका कार्यकारी राजन श्रेष्ठ, मानव अधिकार आयोगका सदुप सुदिप पाठक, बैदेशिक रोजगार विज्ञ पूर्णचन्द्र भट्टराई, आइएलओकि नेहा चौधरी, बसन्त कुमार कार्कीले शुभकामना दिएका छन् ।

त्यस्तै गरि विनरककि पनम थपलिया, सामीबाट रोनी प्रधान, पिएनसीसी कुल प्रसाद कार्की, पिपुल फोरमका कृष्ण न्यौपानेले संस्थागत रुपमा पत्रकार समूह गठन भएकोमा बधाई दिएका छन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ४ : ३२ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित