गहना चोरी गरेर भाग्दै गर्दा पक्राउ « Khabarhub

गहना चोरी गरेर भाग्दै गर्दा पक्राउ


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा–मकवानपुर प्रहरीले गहना चोरी गरेर भाग्दै गरेका एकजनालाई पक्राउ गरेको छ । प्रहरीले गएराति चोरी गरेर भाग्दै गरेको अवस्थामा हेटौँडा– ८ बस्ने १८ वर्षीय साजन पराजुलीलाई पक्राउ गरेको हो ।

हेटौंडा उपमहानगरपालिका–४ स्थित गौरीकुमार मैनाली बस्दै आएको घरमा चोरी भएको भन्ने खबर पाउनासाथ वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको नेतृत्वमा खटिगएको टोलीले सामान चोरी गरी भाग्दै गरेको अवस्थामा पराजुलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले पराजुलीका साथबाट चन्द्रमा, झुम्का, तिलहरी, मङ्लशुत्र औंठीसहितका सुनका गरगहना र एक थान ल्यापटप बरामद गरेको प्रहरीले जनाएको छ । पराजुलीलाई आज जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ५ : ०५ बजे

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप

चुनावी धक्कासँगै कांग्रेसमा बढ्यो समानान्तर गतिविधि, कसरी जोगिएला फुटबाट ?

काठमाडौं- जेन–जी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस