मन्त्री गुरुङ र कतारका राजदूतबीच शिष्टाचार भेट « Khabarhub

मन्त्री गुरुङ र कतारका राजदूतबीच शिष्टाचार भेट


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित मन्त्री गुरुङकै कार्यकक्षमा आज भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल गरिएको हो ।

मन्त्री गुरुङले महिला तथा बालबालिकाका क्षेत्रमा कतार सरकारसँग सहकार्य गरेर अघि बढ्ने जानकारी गराउँदै नेपालको संविधान र कानूनले महिला सहभागितालाई सुनिश्चित गरेको स्मरण गराए ।

उनले उद्यमशीलतामार्फत नेपाली महिलालाई आर्थिक रुपमा सुदृढ गराउन सकिने विश्वास पनि व्यक्त गरे ।

मन्त्री गुरुङले नेपाली महिलाको सीप विकास गर्न तथा महिला उद्यमीको उत्पादनलाई कतारमा बजार विस्तार गर्न दुई मुलुकबीच सहकार्य गरेर जान सकिने पनि बताए ।

उनले महिला तथा बालबालिकाको क्षेत्र कतार सरकारको पनि प्राथमिकतामा परेको क्षेत्र भएको जानकारी गराउँदै मन्त्री गुरुङलाई कतारको विकासमा नेपाली युवाले महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे । उनले नेपालको महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्न कतार सरकार इच्छुक रहेको समेत बताएका थिए ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ७ : ३८ बजे

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको