सवारी दुर्घटनाः साउन यता ७६ जनाले ज्यान गुमाए « Khabarhub

सवारी दुर्घटनाः साउन यता ७६ जनाले ज्यान गुमाए


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा दिनदिनै सडक दुर्घटना बढ्दै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

आज काठमाडौंमा भएको एक कार्यक्रममा उनीहरुले सडक दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायीले संयुक्त रुपमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले तीव्रगतिमा सवारी साधन हाँक्ने तथा लापरवाही ढङ्गले सवारी कुदाउने प्रवृत्ति ठूला गाडी, बस, माइक्रोबससहित मोटरसाइकलमा बढ्दै गएको बताउँदै अनियन्त्रित ढङ्गले सवारी साधन कुदाउँदा सडक दुर्घटना बढेका बताएका थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले देशभरिका मानिस काठमाडौँ उपत्यकामा नै ओइरिनेसँगै जनसङ्ख्याको चाप बढेको र सोही अनुरुप सवारी साधनको चाप बढेर हाल काठमाडौँमा करिब १३ लाख सवारी गुड्ने र त्यसकारण यातायात व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए ।

कुल एक हजार ३६८ प्रहरी जवान १८ घण्टासम्म खटेर सवारी व्यवस्थापन गर्दा पनि कठिन रहेको उल्लेख गर्दै उनले एक किलोमिटर सडकमा गुड्ने ८०० सवारी साधनका लागि एकजना ट्राफिकले सम्हाल्नुपर्ने बाध्यता रहेको बताए ।

उनले कार्यालयले ट्राफिक सचेतना बढाएको र ४१ हजार चालकलाई ट्राफिक सचेतना कक्षा दिएको, ट्राफिक नियम मिच्ने दुई हजारलाई कारवाही गरेको बताए ।

विसं २०७५/७६ मा सवारी दुर्घटनामा परी देशभरिमा दुई हजार ७८९ को मृत्यु भएको र गत साउनदेखि हालसम्म ९२१ ले ज्यान गुमाइसकेका छन् । गत वर्ष उपत्यकामा सडक दुर्घटनामा परी २५९ को मृत्यु भएकामा यस वर्षको साउनदेखि हालसम्म ७६ को मृत्यु भइसकेको उनले बताए ।

सडक विभागका महानिर्देशक केशव शर्माले सडक दुर्घटनाको पहिलो कारण मानवीय भएकाले चालकले सवारी चलाउँदा मादक पदार्थ सेवन गर्न नहुने, सवारीको गतिलाई नियन्त्रणमा राखेर सवारी चलाउनुपर्ने सुझाव दिँदै विश्वभरि सवारी दुर्घटना बढ्दै गएको सन्दर्भमा नेपालमा पनि बढेको जनाए ।

उनले सवारी दुर्घटना न्यनीकरणका लागि विभागले सडक मर्मत गर्ने, खाल्डाखुल्डी पुर्नेजस्ता काम गर्दै आएको जानकारी दिए ।

यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौलाले सडक दुर्घटनालाई सरकारले प्राथमिकतामा नराखेका कारणले नेपालमा सडक दुर्घटना बढ्दै गएका बताए ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १० : ४५ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन