सवारी दुर्घटनाः साउन यता ७६ जनाले ज्यान गुमाए | Khabarhub Khabarhub

सवारी दुर्घटनाः साउन यता ७६ जनाले ज्यान गुमाए


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा दिनदिनै सडक दुर्घटना बढ्दै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

आज काठमाडौंमा भएको एक कार्यक्रममा उनीहरुले सडक दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायीले संयुक्त रुपमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले तीव्रगतिमा सवारी साधन हाँक्ने तथा लापरवाही ढङ्गले सवारी कुदाउने प्रवृत्ति ठूला गाडी, बस, माइक्रोबससहित मोटरसाइकलमा बढ्दै गएको बताउँदै अनियन्त्रित ढङ्गले सवारी साधन कुदाउँदा सडक दुर्घटना बढेका बताएका थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले देशभरिका मानिस काठमाडौँ उपत्यकामा नै ओइरिनेसँगै जनसङ्ख्याको चाप बढेको र सोही अनुरुप सवारी साधनको चाप बढेर हाल काठमाडौँमा करिब १३ लाख सवारी गुड्ने र त्यसकारण यातायात व्यवस्थापन चुनौतीपूर्ण रहेको बताए ।

कुल एक हजार ३६८ प्रहरी जवान १८ घण्टासम्म खटेर सवारी व्यवस्थापन गर्दा पनि कठिन रहेको उल्लेख गर्दै उनले एक किलोमिटर सडकमा गुड्ने ८०० सवारी साधनका लागि एकजना ट्राफिकले सम्हाल्नुपर्ने बाध्यता रहेको बताए ।

उनले कार्यालयले ट्राफिक सचेतना बढाएको र ४१ हजार चालकलाई ट्राफिक सचेतना कक्षा दिएको, ट्राफिक नियम मिच्ने दुई हजारलाई कारवाही गरेको बताए ।

विसं २०७५/७६ मा सवारी दुर्घटनामा परी देशभरिमा दुई हजार ७८९ को मृत्यु भएको र गत साउनदेखि हालसम्म ९२१ ले ज्यान गुमाइसकेका छन् । गत वर्ष उपत्यकामा सडक दुर्घटनामा परी २५९ को मृत्यु भएकामा यस वर्षको साउनदेखि हालसम्म ७६ को मृत्यु भइसकेको उनले बताए ।

सडक विभागका महानिर्देशक केशव शर्माले सडक दुर्घटनाको पहिलो कारण मानवीय भएकाले चालकले सवारी चलाउँदा मादक पदार्थ सेवन गर्न नहुने, सवारीको गतिलाई नियन्त्रणमा राखेर सवारी चलाउनुपर्ने सुझाव दिँदै विश्वभरि सवारी दुर्घटना बढ्दै गएको सन्दर्भमा नेपालमा पनि बढेको जनाए ।

उनले सवारी दुर्घटना न्यनीकरणका लागि विभागले सडक मर्मत गर्ने, खाल्डाखुल्डी पुर्नेजस्ता काम गर्दै आएको जानकारी दिए ।

यातायात व्यवसायी महासङ्घका महासचिव सरोज सिटौलाले सडक दुर्घटनालाई सरकारले प्राथमिकतामा नराखेका कारणले नेपालमा सडक दुर्घटना बढ्दै गएका बताए ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १० : ४५ बजे

एनपीएल अक्सन: देवलाई कर्णाली र अर्जनुलाई सुदूरपश्चिमले किन्यो

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट

आजका समाचार : प्रधानमन्त्री उद्धार कोषमा बढ्दै सहयोग, रविको बचाउमा प्रचण्ड, जोडिँदै सुनकोशीमा बेलिब्रिज

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग नेपाली कांग्रेसले

एनपीएल अक्सन: सन्दीप, सूर्य र विवेकलाई लुम्बिनीले १५-१५ लाखमा किन्यो

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडल अडर ब्याट्सम्यान सन्दीप जोरालाई

पन्ध्र लाख रुपैयाँमा भीम सार्कीलाई किन्यो काठमाण्डु गुर्खाजले

काठमाडौं- नेपाल प्रिमियर लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर

भेट्न आएका कतारका राजदूतलाई मेयर बालेनले दिए बुद्धको मूर्ति

काठमाडौं–काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विश्वकप फुटबल व्यवस्थापनमा