युवा चिकित्सक ज्ञवालीलाई ५० हजार डलरको अन्तर्राष्ट्रिय पुरस्कार « Khabarhub

युवा चिकित्सक ज्ञवालीलाई ५० हजार डलरको अन्तर्राष्ट्रिय पुरस्कार


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठामडौं- नेपाली चिकित्सक डा. विशाल ज्ञवाली ग्लोबल अंकोलोजीष्ट युवा अनुसन्धानकर्ता अवार्डबाट सम्मानित भएका छन्।

उनलाई अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजी (एएससीओ) ले उक्त अवार्ड प्रदान गरेको हो। उनले आफ्नो अनुसन्धान सञ्चालनको लागि ५० हजार डलर प्राप्त गर्ने छन्।

उनलाई प्रयोगात्मक विज्ञान अन्तर्गत ग्लोबल अंकोलोजीष्ट युवा अनुसन्धानकर्ता (वाईआईए) अवार्ड दिइएको हो। हाल उनी दक्षिणी अन्टारियोको क्यान्सर केन्द्रको अंकोलोजी विभागमा क्यान्सर विज्ञ र क्वीन्स युनिभर्सिटीमा सहायक प्राध्यापकको रुपमा काम गरिरहेका छन्।

ज्ञवालीले न्युन आय भएका देशमा प्रारम्भिक स्वास्थ्य सेवा उपलब्ध गराउनेहरुलाई आधारभूत किमोथेरापीको तालिमको विषयमा आफ्नो प्रस्ताव तयार पारेका थिए। उनको यही प्रस्तालाई अवार्ड प्रदान गरिएको हो।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ९ : ०८ बजे

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक