सञ्चार प्रविधिको प्रवर्द्धन गर्न सरकार क्रियाशील- मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

सञ्चार प्रविधिको प्रवर्द्धन गर्न सरकार क्रियाशील- मन्त्री बाँस्कोटा


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिको अधिकतम उपयोगबाट देशलाई विकासको मार्गमा अघि बढाउन सकिने बताएका छन् ।

उनले राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरणका लागि सूचना तथा सञ्चार प्रविधिको प्रवर्द्धन गर्न सरकार क्रियाशील रहेको उल्लेख गरे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको ‘डिजिटल नेपाल फ्रेमवर्क–२०७६’ भेलामा सरकारका प्रवक्ता बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) लाई नेपालको कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र शहरी पूर्वाधारका क्षेत्रमा अधिक उपयोग गर्ने लक्ष्यका साथ ८० वटा कायक्रम कार्यान्वयन गर्ने योजनाका साथ सरकार अघि बढेको बताए ।

दुनियाँमा ज्ञान र डिजिटल पहुँच भएका मानिसले बढी सम्पत्ति आर्जन गरेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले आधुनिक युगमा प्रविधिको ठूलो महत्व र आवश्यकता भएकाले त्यसलाई प्रवर्द्धन गर्न आफू लागिपरेको बताएका थिए ।

उनले भने, “मुलुकमा डिजिटल प्रविधिलाई अघि बढाउन मन्त्रालयले पाँच वर्षको योजना बनाएर कार्यान्वयनको तयारीमा अघि बढाएको छ ।” सूचना प्रविधिका क्षेत्रमा काम गर्ने निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने मन्त्री बाँस्कोटाले बताए ।

उनले भने, “मुलुकमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने अर्थतन्त्रको एक परियोजनाका रुपमा डिजिटल प्रविधिलाई मन्त्रालयले लिएको छ ।”

डिजिटल प्रविधिप्रति नयाँ पुस्ताको आकर्षण रहेको मन्त्री बाँस्कोटाले दाबी गरे ।  सो क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणका लागि निजी र सरकारी क्षेत्रलाई समेटेर एकीकृतरुपमा समन्वय गरेर अघि बढ्दा सजिलै उपलब्धी प्राप्त गर्न सकिने उनको भनाइ छ ।

मुलुकमा राजनीति अस्थिरता समाप्त भएर मुलुक आर्थिक क्रान्तिका रुपमा अघि बढेकाले विकास साझेदार संस्थालाई सरकारले खुलेर सहयोग गर्ने मन्त्री बाँस्कोटाले उल्लेख गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले नेपालको अर्थतन्त्रलाई हाँक्ने क्षेत्र सूचना प्रविधि क्षेत्र नै भएको विचार व्यक्त गरे । उनले भने, “विकसित मुलुक कम्प्युटर अनि सूचना र प्रविधिका माध्यमबाट अघि बढेका हुन् । मुलुकमा यससम्बन्धी उपयुक्त र आवश्यक नीति बनाएर जाँदा अर्थतन्त्र विस्तार हुने उपाध्यक्ष कँडेलको दावी छ ।

सो मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्रले मुलुकको ५० भन्दाबढी जिल्लामा फोर जी सेवा विस्तार भइसकेको जानकारी दिए । उनले भने  “देशमा डिजिटल प्रविधिका माध्यमबाट गरीबी, अशिक्षा, बेरोजगारको अन्त्य गर्नेछौँ ।”

समाजमा नवीनतम् प्रविधिको प्रयोग गरेर मानिसको जीवन कार्य प्रणालीलाई गतिशील बनाउने, बहुउद्देशीय संस्थाको विकास गर्ने योजनामा अघि बढेको सहसचिव मिश्रले बताए ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १० : १५ बजे

बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बजेट निर्माण प्रक्रियामा

इरानमाथि आक्रमणको निन्दा गर्दै झलनाथले भने- अमेरिकी प्रभुत्व नसकिएसम्म विश्वमा शान्ति हुँदैन

काठमाडौं- इरानमाथि अमेरिकी र इजरायली आक्रमणप्रति नेकपा (एकीकृत समाजवादी) पार्टीका

प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण

काठमाडौं– प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी

‘सुनमा करको दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनमा करको

इरानले इजरायलमाथि दिउँसै गर्‍यो अहिलेसम्मकै लामो आक्रमण, दक्षिणी क्षेत्रका सहरमा बिजुली बन्द

तेहरान- इजरायलसँगको लडाइँ तीव्र बन्दै गर्दा इरानले सोमबार दिउँसै ठूलो