टेलिफोन सेवा लिने प्रयोगकर्ताको संख्या ४ करोड २० लाख ! « Khabarhub

टेलिफोन सेवा लिने प्रयोगकर्ताको संख्या ४ करोड २० लाख !


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको जनसंख्या ३ करोडको हाराहारीमा छ । तर टेलिफोन सेवा लिने प्रयोगकर्ताको तथ्यांक भने चार करोड २० लाख पुगेको छ।

यो तथ्यांकको ९८ प्रतिशत बजार मोबाइलको छ। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार मोबाइल सेवा लिनेको संख्या चार करोड ११ लाखभन्दा बढी छ।

त्यस्तै फिक्स्ड सेवा (पिएसटिएन, डब्ल्यूएलएल, भिस्याट) सेवा लिनेको संख्या करिब ८ लाख र स्याटेलाइट फोन सेवा लिनेको संख्या १ हजार ७ सय ४२ छ। यो तथ्यांकले नेपालमा जनसंख्याको आधारमा टेलिफोन घनत्व १ सय ४२ प्रतिशत पुगेको देखाउँछ।

तथ्यांकमा सबैभन्दा बढी ग्राहक नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड)को देखिएको छ। टेलिकमका ग्राहक दुई करोड ३१ लाख ७० हजार छन् ।

जुन कुल प्रयोगकर्ताको ५५ प्रतिशत हो। त्यस्तै ४० प्रतिशत बजार ओगटेको एनसेलका एक करोड ६६ लाख ६८ हजार ग्राहक छन्। स्मार्टका कुल बजारको पाँच प्रतिशत २० लाख ७३ हजार ग्राहक पुगेको तथ्यांक छ।

तथ्यांक अनुसार एक करोड ९५ लाख ४० हजार इन्टरनेटका प्रयोगकर्ता पुगेका छन्। जुन कुल जनसंख्याको ६६ प्रतिशत हो।

इन्टरनेट प्रयोगकर्ता एक करोड ५१ लाख ६३ हजारले मोबाइल इन्टरनेट (थ्रिजी, फोरजी ) चलाउँछन्, जुन कुल इन्टरनेट प्रयोकर्ताको ७८ प्रतिशत हो।

जसमा ८७ लाख ५४ हजार नेपाल टेलिकमको बजार छ। त्यस्तै ६१ लाख ८१ हजार बजार एनसेलको र दुई लाख २७ हजार बजार स्मार्टको छ।

बाँकी ४३ लाख हजार एडिएसएल, फाइबर लाइन, रेडियो वाइफाई र वाइम्याक्स छन्। जसमा फाइबर लाइन र रेडियो वाइफाईमा निजी इन्टरनेट सेवा प्रदायकको ३२ लाख २५ हजार बजार छ।

नेपाल टेलिकमको एडिएसएलमा १० लाख १६ हजार, फाइबर लाइनमा करिब ४५ हजार र वाइम्याक्स ८९ हजार ग्राहक छन्।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ९ : २१ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा