गृहमन्त्री थापाले गरे अध्यागमन कार्यालयको निरीक्षण « Khabarhub

गृहमन्त्री थापाले गरे अध्यागमन कार्यालयको निरीक्षण


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा‘ बादलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँस्थित अध्यागमन कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० नजिकिरहँदा अध्यागमन कार्यालय सुधारको अवस्था बुझ्न गृहमन्त्री थापा बुधबार विमानस्थल पुगेका हुन् ।

निरीक्षणको क्रममा गृहमन्त्री थापाले यात्रुहरुको प्रस्थान कक्ष, आवागमन कक्ष, प्रहरीको सिसिटिभि मोनिटरिङ कक्ष लगायतको निरीक्षण गरे।

अनुगमनपछि गृहमन्त्री थापाले विमानस्थल तथा अध्यागमन कार्यालय पहिलेभन्दा निकै सुधार भएपनि यो अपर्याप्त रहेको भन्दै थप गुणत्मक सुधार गर्न निर्देशन दिए ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामन सुधारको कार्ययोजना अनुसार अहिले अध्यागमनमा नेपालको आफ्नो सफ्टवेयर ‘नेपाली पोर्ट’ निर्माणको कार्य तथा नयाँ भौतिक संचरना निर्माणको कार्य अन्तिम चरणमा पुगको जानकारी दिँदै अब अत्याधुनिक सुबिधासम्पन्न अध्यागन कार्यालयको रुपमा यो सञ्चालनमा आउन लागेको बताए।

निरीक्षणको क्रममा गृहमन्त्री थापा, गृहसचिव प्रेमकुमार राई, प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमाल, सुरक्षा निकायका उच्च अधिकारीहरु लगायत उपस्थित थिए ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १० : ०० बजे

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली

युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो

काठमाडौँ – युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट