नेपाली सेना र प्रहरीका उच्च अधिकारीद्वारा आविष्कार केन्द्रको अवलोकन « Khabarhub

नेपाली सेना र प्रहरीका उच्च अधिकारीद्वारा आविष्कार केन्द्रको अवलोकन


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाल प्रहरी र नेपाली सेनाका उच्च अधिकारीहरुले रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन गरेका छन् ।

नेपाल प्रहरीको सञ्चार महानिर्देशनालयका डीआइजी राजीव सुब्बा नेतृत्वको ७ जनाको प्राविधिक टोलीले बुधबार आविष्कार केन्द्रको अवलोकन गरेको हो ।

उनीहरुले आविष्कार केन्द्रमा भइरहेका कामको अवलोकन गर्नुका साथै केन्द्रसँग प्रविधिका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावित प्रोजेक्टहरुको बारेमा छलफल गरेका थिए ।

सो क्रममा डीआईजी सुब्बाले आविष्कार केन्द्रको सहयोगका लागि ३० हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

बुधबार नै नेपाली सेनाका सहायक रथी दीपक घले गुरुङको नेतृत्वमा तीन जनाले समेत आविष्कार केन्द्रको अवलोकन गरेका थिए ।

उनीहरुले नेपाली सेनाले गर्न लागेको विज्ञान तथा प्रविधि सम्बन्धी प्रतियोगितका विषयमा समेत आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग छलफल गरे । प्रतिभाशाली नेपालीहरुले नेपाल आर्मीको लागी उपयोगी हुने कुनै प्रविधिको विकास गर्न चाहेमा राष्ट्रिय आविष्कारसँग सहकार्य गर्ने उनले जानकारी दिएका थिए ।

केही दिन अघि राष्ट्रिय आविष्कार केन्द्रका लागि अध्यक्ष पुनले  ऋण खोजेका थिए । उनले एउटा सानो स्केलको “सामानहरु बनाउने कारखाना अर्थात् Manufacturing Plant” बनाउन जरुरी भएको भन्दै फेसबुकमार्फत ४ प्रतिशत व्याजदरमा ऋण खोजेका थिए ।

यो पनि पढौं

सरकार तथा बैंक गुहार्दा सीप नचलेपछि महावीरले मागे फेसबुकमै ऋण

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ९ : ५९ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने