अवैध ढंगले अमेरिका पुगेका ५ नेपालीलाई चार्टर्ड विमानमार्फत फर्काइयो « Khabarhub

अवैध ढंगले अमेरिका पुगेका ५ नेपालीलाई चार्टर्ड विमानमार्फत फर्काइयो


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैरकानूनी बाटोबाट अमेरिका गएका ५ नेपालीलाई अमेरिकाले आज (बुधबार) नेपाल फिर्ता (डिपोर्ट) गरेको छ ।

उनीहरुलाई गैरआप्रबासी ठहर गरी नेपाल फर्काइएको हो । उनीहरु लामो समयदेखि अध्यागमनको हिरासतमा थिए ।

डिपोर्ट भएका नेपालीलाई अमेरिकी चार्टर्ड विमानले त्रिभुवन विमानस्थलमा छाडेको थियो । यसरी फर्काइएका नेपालीमा रूकुम स्यालापाखा-९ का नरेन्द्र रेउले, प्रमोदकुमार पुन मगर, बाग्लुङ धम्जाका देवेन्द्रबहादुर क्षेत्री, दाङ घोराहीका अभिश्वर बुढामगर र नवलपरासी कावासोतीका अर्जुन पौडेल क्षेत्री छन्।

उनीहरुसँगै ३ पाकिस्तानी नागरिक पनि रहेको प्रहरीले जनाएको छ । नेपालीलाई छाडेर चार्टर्ड विमान पाकिस्तानीलाई पुर्‍याउन गएको नेपाल प्रहरीको मानव बेचबिखन तथा ओसारपसार व्युरोका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीले बताए ।

उनीहरुलाई हतकडी लगाएर ल्याइएको थियो । नेपाल तथा भारतका दलालमार्फत स्थायी आप्रवासको आश्वासन पाएर उनीहरू चोरी बाटो हुँदै अमेरिका पुगेको ब्युरोले जनाएको छ। प्रहरीका अनुसार नेपाल आइपुगेका पीडित युवाले दलालको नाम बताइसकेका छैनन्।

अमेरिका पुग्न लाखौं खर्च गरेको बताएका उनीहरूले त्यहाँ पुगेपछि लामो समय हिरासत बसेको बताएका छन्।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १० : ०६ बजे

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली

युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो

काठमाडौँ – युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट