अनमोल र सुहाना ट्रेन्डिङमा | Khabarhub Khabarhub

अनमोल र सुहाना ट्रेन्डिङमा


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ वर्षको अवसर पारेर यही चैत्र २९ गतेदेखि रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर ३’ को शीर्ष गीत सार्वजनिक गरिएको केही घण्टामै ट्रेन्डिङ नम्बर एकमा पुगेको छ । अनमोल केसी र सुहाना थापाको जोडी रहेको फिल्मको उक्त गीत बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको थियो ।

‘जिन्दगी नै भन्दिन’ बोलको उक्त गीतमा रोमान्टिक प्रेमलाई प्रस्तुत गरिएको छ । गीतका शब्दलाई एकनारायण भण्डारीले लेखेका हुन् भने आशिष अविरलले संगीत दिएका छन् । यस्तै स्वरमा सुगम पोखरेल र प्रविशा अधिकारीले साथ दिएका छन् ।

भिडियोको कुरा गर्नुपर्दा अनमोल र सुहानाको जोडी सुहाएको छ । युट्युब प्रयोगकर्ताले अनमोल र सुहानाको जोडी सुहाएको प्रतिक्रिया दिएका छन् । फ्यानले आफू फिल्मको प्रतीक्षामा रहेको बताएका छन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सुनीलकुमार थापाले निर्माण गरेका हुन् भने झरना थापाले निर्देशन गरेकी हुन् ।

यसअघि झरनाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर २’ पनि दर्शकले रुचाएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ११ : ०८ बजे

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन