अनमोल र सुहाना ट्रेन्डिङमा « Khabarhub

अनमोल र सुहाना ट्रेन्डिङमा


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ वर्षको अवसर पारेर यही चैत्र २९ गतेदेखि रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर ३’ को शीर्ष गीत सार्वजनिक गरिएको केही घण्टामै ट्रेन्डिङ नम्बर एकमा पुगेको छ । अनमोल केसी र सुहाना थापाको जोडी रहेको फिल्मको उक्त गीत बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको थियो ।

‘जिन्दगी नै भन्दिन’ बोलको उक्त गीतमा रोमान्टिक प्रेमलाई प्रस्तुत गरिएको छ । गीतका शब्दलाई एकनारायण भण्डारीले लेखेका हुन् भने आशिष अविरलले संगीत दिएका छन् । यस्तै स्वरमा सुगम पोखरेल र प्रविशा अधिकारीले साथ दिएका छन् ।

भिडियोको कुरा गर्नुपर्दा अनमोल र सुहानाको जोडी सुहाएको छ । युट्युब प्रयोगकर्ताले अनमोल र सुहानाको जोडी सुहाएको प्रतिक्रिया दिएका छन् । फ्यानले आफू फिल्मको प्रतीक्षामा रहेको बताएका छन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सुनीलकुमार थापाले निर्माण गरेका हुन् भने झरना थापाले निर्देशन गरेकी हुन् ।

यसअघि झरनाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर २’ पनि दर्शकले रुचाएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ११ : ०८ बजे

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन