एसएइई परीक्षा दिने महिला परीक्षार्थीका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था « Khabarhub

एसएइई परीक्षा दिने महिला परीक्षार्थीका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागि हुने महिला परीक्षार्थी (छात्रा)हरुका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था मिलाइएको छ ।

परीक्षाको समयमा महिनावारी हुने छात्रालाई लक्षित गरी गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेश मातहतका सबै परीक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था गर्न लागेको हो ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले सबै परीक्षा केन्द्रका महिला शौचालयमा उपलब्ध हुने गरी सेनेटरी प्याडको व्यवस्था गर्न लागेको हो ।

मन्त्रालयले कूल महिला परीक्षार्थीको १५ प्रतिशतका लागि सेनेटरी प्याड खरिद गर्न लागेको हो ।

मन्त्रालयले गरेको अध्ययनका क्रममा यसअघिका परीक्षाहरुमा सहभागी हुने महिला परीक्षार्थीमध्ये १५ प्रतिशत परीक्षार्थी परीक्षाको समयमा महिनावारी हुने देखिएपछि सोहीअनुसार सेनेटरी प्याडको व्यवस्था गर्न लागिएको हो ।

गण्डकी प्रदेशमो एसइई परीक्षाका लागि २ सय १७ वटा परीक्षा केन्द्र तोकिएको छ । मन्त्रालयले सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड राख्ने जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ११ : ०२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र