डडेलधुरा दुर्घटना अपडेट– घाइतेमध्ये १ जनाको मृत्यु « Khabarhub

डडेलधुरा दुर्घटना अपडेट– घाइतेमध्ये १ जनाको मृत्यु


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा– डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ गुएलखेतमा हाइस दुर्घटना हुँदा घाइते भएकामध्ये १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिका स्थायी घर भएका २६ वर्षीय गणेश साउँद रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

उनको डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । डोटी खतिवडाका ५७ बर्षीय कैल्या ढोलीको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।

सामान्य घाइते हुनेमा दिपायल सिलगढी नगरपालिकाका ५० वर्षीया कला दमाई, ३७ वर्षीया लक्ष्मी नेपाली दमाई, शिखर नगरपालिका–११ का ६२ वर्षीय जय दमाई उनकी श्रीमती ४५ वर्षीया विस्ना दमाई र उनका छोरा ३ वर्षीय उद्यव दमाई, बारबाटा डोटीका ४० वर्षीय राजु नेपाली रहेका छन् ।

यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका–५ का ६२ वर्षीय ईश्वर सिंह टमटा र कैलालीको जानकी गाउँपालिका–२ का वीरबहादुर रोक्का मगर रहेको जिल्ला प्रहरी कार्यलय डडेलधुराका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

घाइते सबैको डडेलधुरास्थित डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । हाइस चालक विनय बोहरा र गाडीधनी देव सिंह भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डोटी सिलगढीबाट धनगढी जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान १०ः३० बजेतिर दुर्घटनामा परेको हो ।

यात्रु भर्नका लागि रोकिएको अवस्थामा हाइस अचानक ‘व्याक’ गएर झाडिमा गएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । डडेलधुराको केआइसिँह राजमार्ग अन्र्तगत भएको उक्त दुर्घटनामा हाइस सडकभन्दा ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  २ : ०७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर