डडेलधुरा दुर्घटना अपडेट– घाइतेमध्ये १ जनाको मृत्यु | Khabarhub Khabarhub

डडेलधुरा दुर्घटना अपडेट– घाइतेमध्ये १ जनाको मृत्यु


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा– डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ गुएलखेतमा हाइस दुर्घटना हुँदा घाइते भएकामध्ये १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिका स्थायी घर भएका २६ वर्षीय गणेश साउँद रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

उनको डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । डोटी खतिवडाका ५७ बर्षीय कैल्या ढोलीको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।

सामान्य घाइते हुनेमा दिपायल सिलगढी नगरपालिकाका ५० वर्षीया कला दमाई, ३७ वर्षीया लक्ष्मी नेपाली दमाई, शिखर नगरपालिका–११ का ६२ वर्षीय जय दमाई उनकी श्रीमती ४५ वर्षीया विस्ना दमाई र उनका छोरा ३ वर्षीय उद्यव दमाई, बारबाटा डोटीका ४० वर्षीय राजु नेपाली रहेका छन् ।

यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका–५ का ६२ वर्षीय ईश्वर सिंह टमटा र कैलालीको जानकी गाउँपालिका–२ का वीरबहादुर रोक्का मगर रहेको जिल्ला प्रहरी कार्यलय डडेलधुराका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।

घाइते सबैको डडेलधुरास्थित डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । हाइस चालक विनय बोहरा र गाडीधनी देव सिंह भाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डोटी सिलगढीबाट धनगढी जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान १०ः३० बजेतिर दुर्घटनामा परेको हो ।

यात्रु भर्नका लागि रोकिएको अवस्थामा हाइस अचानक ‘व्याक’ गएर झाडिमा गएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । डडेलधुराको केआइसिँह राजमार्ग अन्र्तगत भएको उक्त दुर्घटनामा हाइस सडकभन्दा ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  २ : ०७ बजे

अनलाइन ठगीबाट जोगिन प्रहरीको आग्रह

गण्डकी– अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले

संकटकाे बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र

विहार चुनाव : नेपाल-भारत सीमानाकामा आवागमन बन्द

काठमाडौं– भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै रौतहट

निर्वाचनको माहोल बनाउँदै प्रधानमन्त्री, भनिन्, ‘मतदाता परिचयपत्र बनाएर लोकतन्त्र मजबुत पारौं’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

रास्वपाको विस्तारित बैठकमा गणेश कार्की छैनन् उपस्थित, दुई वर्षको लेबी पनि तिरेनन्

काठमाडौं- चितवनको सौराहामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठकमा केन्द्रीय