नियमित रुपमा विद्यालय ल्याउन सेनेटरी प्याड बाँड्दै नगरपालिका « Khabarhub

नियमित रुपमा विद्यालय ल्याउन सेनेटरी प्याड बाँड्दै नगरपालिका


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रजस्वलाका वेला नियमित रुपमा विद्यालय ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले छात्राका लागि ‘सेनेटरी प्याड’ उपलब्ध गराइएको छ । तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा निःशुल्क ‘सेनेटरी प्याड’ उपलब्ध गराएको हो । नगरका सामुदायिक विद्यालयमा छ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्राको संख्या तीन हजार ६५० छन् ।

रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमै कक्षा छाडेर घर जाने समस्या देखिएपछि नगरपालिकाले सो रणनीति लिएको हो । यस कार्यका लागि चालू आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरिएको नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिइन् ।

प्रतिछात्रा  १३६ रुपैयाँका दरले सेनेटरी प्याडका लागि विद्यालयलाई रकम उपलब्ध गराइएको नगरपालिकाका शिक्षा उपसचिव हरिप्रसाद ज्ञवालीले बताए ।

कतिपय छात्राले पुराना कपडा प्रयोग गर्ने र त्यसबाट सङ्क्रमणसमेत हुन सक्ने भएकाले पनि सेनेटरी प्याड उपलब्ध गराइएको नगरपालिकाको भनाइ छ । छात्रा संख्याको आधारमा नगरपालिकाले रकम विद्यालयको खातामा जम्मा गरिदिएपछि विद्यालयले प्याडको व्यवस्था मिलाएका हुन् । यसका लागि हरेक विद्यालयले एक जना महिला शिक्षकलाई ‘फोकल शिक्षक’ तोकेका छन् ।

सेनेटरी प्याडको उपलब्धताले छात्राहरु ढुक्कसँग विद्यालय आउने वातावरण बनेको जनजागृति माविका शिक्षक नरेन्द्रबहादुर क्षत्रीले बताए । नगरपालिकाले बजेट उपलब्ध गराएपछि चालू शैक्षिक सत्रबाट नै आवश्यकताका आधारमा निःशुल्क सेनेटरी प्याड दिन थालेको उनले बताए ।

यसैगरी नगरपालिकाले गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।

नगरपालिकाले नगरभित्रका दुई वटा बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई संघीय सरकारले उपलब्ध गराउने रकममा रु. पाँच सय थपेर दिने गरेको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुनेले नियमित स्वास्थ्य परीक्षण गराएमा प्रोत्साहन स्वरुप २ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  २ : १५ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी