‘जनमत संग्रह’को विवादमा तानिएका सीके राउतले पार्टीको नाम नै राखे ‘जनमत’ « Khabarhub

‘जनमत संग्रह’को विवादमा तानिएका सीके राउतले पार्टीको नाम नै राखे ‘जनमत’


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिका बेला ‘जनमत संग्रह’ र ‘जनअभिमत’को शब्दलाई लिएर विवादमा तानिएका सीके राउतले अन्ततः आफ्नो पार्टीको नाम नै परिवर्तन गरी ‘जनमत’ राखेका छन् ।

सरकारले सम्झौतामा ‘जनमत संग्रह’ नभइ जनअभिमत भएको स्पष्ट पारिरहँदा सीके राउतले भने स्वतन्त्र मधेशका लागि जनमत संग्रह गर्न सरकार सहमत भएको दाबी गरेका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए– ‘जनमत संग्रह गराउन सरकार सहमत ! स्वतन्त्र मधेश गठवन्धनको सवै मुद्दा फिर्ता हुने ! ’

यता सरकारले सीके साउतसँग गरेको सहमति द्विअर्थी भएको भन्दै सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका सांसदहरुले नै संसदमा गृहमन्त्री रामबहादुर थापासंग जवाफ समेत मागेका थिए ।

सिरहामा भएको राष्ट्रिय परिषद् बैठकले सी. के. राउतको नेतृत्वमा पार्टीको नाम ‘जनमत पार्टी’ राख्दै ३५ सदस्यीय कार्यकारिणी समिति समेत गठन गरेको छ ।

स्वतन्त्र मधेश गठबन्धनको सिरहाको लहानमा चैत्र ३, ४ गते बसेको राष्ट्रिय परिषद्को बैठक (केन्द्रीय भेला)मा विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा पार्टीको नाम परिवर्तन गर्दै ‘जनमत’ पार्टी राख्ने निर्णय भएको हो ।

बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि भएको घोषित गर्दै स्वागत गरेको छ । केन्द्रीय भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधान भित्र रहेर पार्टी स्थापना गरी अगाडी बढ्ने निर्णय गरेको छ ।  गत फागुन २४ गते सरकार र सीके राउतबीच ११ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ५ : ०२ बजे

वीरेन्द्रनगर नगरपालिकाको बजेट चार अर्ब ७१ करोड

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका

होल्डिङ सेन्टरबाट पनि लखेटिँदै सुकुम्वासी, उचित व्यवस्थापनको विकल्पबिना ठाउँ नछाड्ने अडान

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरका सुकुम्वासीले दीर्घकालीन समाधानबिना हटाउन खोजिएको

दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ?

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड