तयारी सम्पन्न नभएका आयोजनामा बजेट विनियोजन नगर्न निर्देशन (भिडियो सहित) « Khabarhub

तयारी सम्पन्न नभएका आयोजनामा बजेट विनियोजन नगर्न निर्देशन (भिडियो सहित)


४ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको अर्थ समितिले आगामी आर्थिक वर्ष पूर्व तयारी सम्पन्न नभएका आयोजनामा बजेट विनियोजन नगर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्षदेखि पूर्व तयारी सम्पन्न नभएका आयोजनाहरुमा बजेट विनियोजन नगर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिको बैठकले बजेट कार्यान्वयनका लागि समितिले दिँदै आएको निर्देशनहरु पालना नहुनुको कारणबारे एक हप्ता भित्र समितिमा स्पष्टिकरण दिन पनि अर्थ मन्त्रालयलाई सचेत गराएको छ ।

विगतमा दिइएका निर्देशन पालना नभएकाले यसको कारण र कार्यान्वयन गर्ने योजना सहितको विस्तृत विवरण एक हप्ता भित्र समितिमा पेश गर्न पनि अर्थ मन्त्रालयलाई निर्देश गरिएको पनि समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।

समितिले आगामी आर्थिक वर्षमा संचालन हुने आयोजना कार्यक्रमहरुको लागि आवश्यक कार्यविधि, निर्देशिका चालू आर्थिक वर्षमै स्विकृत गरी बजेट विनियोजनको कार्य प्रारम्भ गर्न पनि सरकारलाई निर्देश गरेको छ ।

बजेट विनियोजन गर्दा खरिद योजना पनि अनिवार्य रुपमा समावेश गर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइएको समितिका सभापति दाहालले बताए । समितिले हरेक दिनको आयोजना कार्यान्वयनको प्रगति विवरण राख्न के गर्न सकिन्छ ? भन्ने सुझाव सहितको विवरण १५ दिन भित्र समितिलाई जानकारी गराउन पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ५ : ५९ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा