पाल्पामा बम विस्फोट, बागलुङमा बम भेटियो « Khabarhub

पाल्पामा बम विस्फोट, बागलुङमा बम भेटियो


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पाल्पाको रिब्दिकोट गाउँपालिका भवनमा बम विस्फोट भएको छ । विस्फोटबाट गाउँपालिकाको भवनमा सामान्य क्षति पुगेको छ ।

गाउँपालिकको वडा नम्बर ३ को वडा सचिव बस्ने कोठा छेऊमा विस्फोट गराइएको छ । विस्फोटबाट एक थान कम्प्यूटर, तीन तल्लाको अगाडी भागको झ्यालका सिसा फुटेको, एउटा झ्यालको चौकस, भवन अगाडीको ट्रस ध्वस्त भएको र भवनको ग्राहोसमेत केही चर्किएको गाउँपालिका प्रवक्ता विष्णु खनालले जानकारी दिए ।

राति साढे १ बजे विस्फोट भएको स्थानीयहरुले बताएका छन् । मोटरसाइकलको टायरमा बनाइएको सुतली बम पड्काएरको प्रराम्भीक अनुसन्धानबाट खुलेको छ भने शंकास्पद एक जनालाई प्रकाऊ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै बागलुङको बागलुङ नगरपालिकामा पनि पाइप बम फेला परेको छ । बम डिस्पोजका लागि नेपाली सेनाको टोली त्यसतर्फ लागेको प्रहरीले जनाएको छ ।

नेत्र विक्रम चन्द विप्लवका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएपछि विप्लव समूहले विभिन्न आन्दोलन गर्ने घोषणा गरेको थियो । सोही आन्दोलन अन्तर्गत बम राखिएको हुनसक्ने आशंका गरिएपनि अहिलेसम्म बम विस्फोटको जिम्मा कसैले लिएको छैन् ।

विप्लव समूहले आफूहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गर्दै नभए कडा आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ ।
विप्लव समूहमाथि निक्कै आक्रमक बनेको सरकारले विभिन्न गतिविधिमा संलग्न विप्लवका नेता तथा कार्यकर्तालाई पक्राउ पनि गरेको छ।

यसैबीच पूर्वीनवलपरासीको देवचुलीस्थित चौधरी ग्राम उद्योगमा हिजो (बुधबार) बम विस्फोट भएको छ । बोत्तलमा बारुद भरेर उद्योग भित्र फालिएको र सोही बारुद भएको बोत्तल विस्फोट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्वी) का डीएसपी रमेश थापाले जानकारी दिए ।
विस्फोटबाट ठूलो क्षति भएको छैन। घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ७ : ५१ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्