वरुण–आलियाको ‘कलंक’ को उडाइयो मजाक, दर्शकले बनाए ‘ट्रोल’ « Khabarhub

वरुण–आलियाको ‘कलंक’ को उडाइयो मजाक, दर्शकले बनाए ‘ट्रोल’


५ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिषेक वर्मनले निर्देशन गरेको फिल्म ‘कलंक’ को पहिलोपटक टिजर सार्वजनिक भएदेखि नै यो फिल्मले एकाएक हाइप लियो । मल्टीस्टारर यो फिल्म रिलिज भएपछि भने समीक्षकले फिल्मलाई ‘झुर’ बताए ।

मल्टीस्टारर भ्यालुका कारण पनि फिल्मप्रति दर्शकको ठूलो चासो थियो । तर, रिलिजपछि दर्शक र समीक्षकबाट यो फिल्मले खासै राम्रो रेस्पोन्स पाएन । ‘कलंक’ लाई लिएर सामाजिक सञ्जालमा कैयन् मेमे र ट्रोल बनाइएका छन् ।

कतिपय दर्शकले यो फिल्मलाई शाहरुख खानको पछिल्लो रिलिज भएको फिल्म ‘जीरो’ सँग तुलना गरिरहेका छन् । यो फिल्मलाई बोरिङ र समयको बरबाद हुने फिल्म भनिरहेका छन् । दर्शकले फिल्मका बारेमा जे सोचेका थिए, त्योभन्दा फरक पाएका छन् । जसकारण यो फिल्मलाई आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’सँग पनि कतिले तुलना गरेका छन् ।

यो फिल्मले पहिलो दिन बक्स अफिसमा २१ देखि २३ करोडसम्म कमाएको बताइएको छ । फिल्मले भारतमा ५ दिनसम्म विकेन्डको फाइदा लिनेछ । फिल्ममा माधुरी दीक्षित, सञ्जय दत्त, आलिया भट्ट, वरुण धावन लगायतको अभिनय छ ।

नेपालमा भने यो फिल्म भोलि शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार  १० : ५७ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको