वरुण–आलियाको ‘कलंक’ को उडाइयो मजाक, दर्शकले बनाए ‘ट्रोल’ « Khabarhub

वरुण–आलियाको ‘कलंक’ को उडाइयो मजाक, दर्शकले बनाए ‘ट्रोल’


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिषेक वर्मनले निर्देशन गरेको फिल्म ‘कलंक’ को पहिलोपटक टिजर सार्वजनिक भएदेखि नै यो फिल्मले एकाएक हाइप लियो । मल्टीस्टारर यो फिल्म रिलिज भएपछि भने समीक्षकले फिल्मलाई ‘झुर’ बताए ।

मल्टीस्टारर भ्यालुका कारण पनि फिल्मप्रति दर्शकको ठूलो चासो थियो । तर, रिलिजपछि दर्शक र समीक्षकबाट यो फिल्मले खासै राम्रो रेस्पोन्स पाएन । ‘कलंक’ लाई लिएर सामाजिक सञ्जालमा कैयन् मेमे र ट्रोल बनाइएका छन् ।

कतिपय दर्शकले यो फिल्मलाई शाहरुख खानको पछिल्लो रिलिज भएको फिल्म ‘जीरो’ सँग तुलना गरिरहेका छन् । यो फिल्मलाई बोरिङ र समयको बरबाद हुने फिल्म भनिरहेका छन् । दर्शकले फिल्मका बारेमा जे सोचेका थिए, त्योभन्दा फरक पाएका छन् । जसकारण यो फिल्मलाई आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’सँग पनि कतिले तुलना गरेका छन् ।

यो फिल्मले पहिलो दिन बक्स अफिसमा २१ देखि २३ करोडसम्म कमाएको बताइएको छ । फिल्मले भारतमा ५ दिनसम्म विकेन्डको फाइदा लिनेछ । फिल्ममा माधुरी दीक्षित, सञ्जय दत्त, आलिया भट्ट, वरुण धावन लगायतको अभिनय छ ।

नेपालमा भने यो फिल्म भोलि शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  १० : ५७ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका