‘ए मेरो हजुर ३’ मा झरनाले नसोचेको ‘ओभरफ्लो’, प्रतिक्रियाले सुहाना मख्ख | Khabarhub Khabarhub

‘ए मेरो हजुर ३’ मा झरनाले नसोचेको ‘ओभरफ्लो’, प्रतिक्रियाले सुहाना मख्ख


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ वर्षको अवसर पारेर रिलिज भएको फिल्म ‘ए मेरो हजुर ३’ को व्यापार आक्रामक भइरहेको छ । समीक्षात्मक रुपमा औसत प्रतिक्रिया पाएको यो फिल्मले हलमा भने कमालको व्यापार गरिरहेको छ ।

फिल्म विश्लेषकहरुले ‘ए मेरो हजुर ३’ यो हप्ता यस्तै व्यापार गर्ने अनुमान गरेका छन् । फिल्मले चार करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ । फिल्मकी निर्देशक झरना थापाले यो फिल्मले दर्शकको चित्त बुझाउनेमा पहिले नै विश्वस्त भए पनि यतिसम्म हाउसफूल होला भनेर नसोचेको खबरहबलाई बताइन् ।

थापाका अनुसार यो फिल्मले पहिलो हप्ता हाउसफूल भएको छ भने मल्टिप्लेक्स हलमा पनि व्यापक ‘शो’ पाएको छ । फिल्ममा अनमोल केसी र सुहाना थापाको केमेष्ट्रीलाई रुचाइएको छ ।

‘राम्रो फिल्म बनाएपछि फिल्म चल्छ भन्नेमा त म ढुक्क नै थिएँ, तर यसरी पहिलो हप्ताभरि नै हाउसफूल होला र दर्शकले यसरी निरन्तर चासो देखाउनुहोला भन्ने लागेको थिएन,’ झरनाले खबरहबसँग भनिन्, ‘छोरी सुहाना पनि कामको प्रशंसाले मख्ख छिन्, हाम्रो लगानी सुरक्षित भइसक्यो ।’

झरनाले ‘ए मेरो हजुर’ ब्रान्ड भएकाले पनि दर्शकले हेर्न हलसम्म आएको र फिल्म रुचाएको बताइन् । यो फिल्म झरना थापाको दोस्रो निर्देशन हो ।

‘ए मेरो हजुर ३’ मा अनमोल केसी र सुहाना थापाको केमेष्ट्री देख्न सकिन्छ भने फिल्ममा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेयर राई, सरोज खनाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा सुनीलकुमार थापाको लगानी छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ११ : ३२ बजे

झापामा खोलामा डुबेर तीन बालिकाको मृत्यु

झापा– गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

काठमाडौं– सगरमाथाको पहिलो सफल आरोहण दलका  सदस्य कान्छा शेर्पाको ९२

‘जेनजी’ प्रदर्शन – विश्वभर फैलिएको युवा असन्तुष्टिको लहर

काठमाडौं- एन्डिज पर्वतदेखि हिमालयसम्म युवा पुस्ताको असन्तुष्टि र निराशाबाट प्रेरित

एमालेमा रोचक प्रस्ताव : नयाँ पुस्तालाई व्यस्त बनाउन शहरका चोक-चोकमा कन्सर्ट गरौँ

काठमाडौं– नेकपा एमालेको जारी दशौँ केन्द्रीय कमिटीको दोस्रो दिन बिहीबार

नवयुवाको सन्देश – सरकारसँगै सोच बदलौं

संविधान संशोधनको मूल एजेन्डासहित २०८१ असार १७ गते दुई ठुला